Advertisement
SKIP THIS

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीलाई १७ दिन थुनामा राख्न अनुमति


 

 

काठमाडौं – म्याच फिक्सिङको आरोप लागेका ५ खेलाडीलाई १७ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । अदालतले पक्राउ परेको मितिले १७ दिन थुनामा राख्न भनेकाले प्रहरीले उनीहरुलाई कात्तिक १३ गतेसम्म थुनामा राख्न पाउँछ ।

असोज २७ गते पक्राउ परेका राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, अन्जान केसी, सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्रीविरुद्ध विरुद्ध प्रहरीले विशेष अदालतमा राज्यविरुद्धको मुद्दा दर्ता गरेको थियो ।

 

दसैं विदाका कारण अदालत बन्द भएकाले म्याद थपका लागि उनीहरुलाई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनीहरुलाई १७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

 

 

पहिलो पल्ट म्याच फिक्सिङको मुद्दा परेको र त्यसबारेमा स्पष्ट कानुन नभएकाले प्रहरीले उनीहरुमाथि राज्यविरुद्धको मुद्दा लगाएको हो । राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दाहरु विशेष अदालतले हेर्ने भएकाले उनीहरुलाई विशेष अदालतमा लगिएको हो ।

अदालतमा उपस्थित हुने क्रममा कप्तान थापाले आफूहरु निर्दोष रहेको दावी गर्दै सञ्चार माध्यमले पनि अपराधिकै रुपमा व्यवहार गरेको आरोप लगाए । अर्का खेलाडी सन्दिप राईले आफूहरु अहिले छानविनका क्रममा रहेको र सबै छानविन सकिएपछि मात्र बोल्ने बताए ।

म्याच फिक्सिङ गरेको स्वीकार गरेको हो भन्ने पत्रकारको प्रश्नमा उनीहरुले एक स्वरले हैन भनेका थिए । प्रहरीले भने उनीहरुले म्याच फिक्सिङ गरेको स्वीकार गरेका दावी गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...