म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीलाई १७ दिन थुनामा राख्न अनुमति


 

 

काठमाडौं – म्याच फिक्सिङको आरोप लागेका ५ खेलाडीलाई १७ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । अदालतले पक्राउ परेको मितिले १७ दिन थुनामा राख्न भनेकाले प्रहरीले उनीहरुलाई कात्तिक १३ गतेसम्म थुनामा राख्न पाउँछ ।

असोज २७ गते पक्राउ परेका राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, अन्जान केसी, सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्रीविरुद्ध विरुद्ध प्रहरीले विशेष अदालतमा राज्यविरुद्धको मुद्दा दर्ता गरेको थियो ।

 

दसैं विदाका कारण अदालत बन्द भएकाले म्याद थपका लागि उनीहरुलाई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनीहरुलाई १७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

 

 

पहिलो पल्ट म्याच फिक्सिङको मुद्दा परेको र त्यसबारेमा स्पष्ट कानुन नभएकाले प्रहरीले उनीहरुमाथि राज्यविरुद्धको मुद्दा लगाएको हो । राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दाहरु विशेष अदालतले हेर्ने भएकाले उनीहरुलाई विशेष अदालतमा लगिएको हो ।

अदालतमा उपस्थित हुने क्रममा कप्तान थापाले आफूहरु निर्दोष रहेको दावी गर्दै सञ्चार माध्यमले पनि अपराधिकै रुपमा व्यवहार गरेको आरोप लगाए । अर्का खेलाडी सन्दिप राईले आफूहरु अहिले छानविनका क्रममा रहेको र सबै छानविन सकिएपछि मात्र बोल्ने बताए ।

म्याच फिक्सिङ गरेको स्वीकार गरेको हो भन्ने पत्रकारको प्रश्नमा उनीहरुले एक स्वरले हैन भनेका थिए । प्रहरीले भने उनीहरुले म्याच फिक्सिङ गरेको स्वीकार गरेका दावी गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...