सन् २०२३ मा न्युनतम तलब २० लाख वन हुने


दक्षिण कोरियाले सन् २०२३ का लागि कामदारकोे ज्याला वृद्धि गर्ने भएको छ । बुधबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिले अहिलेको ज्यालामा ५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ६ सय २० वन बनाएको हो ।
मासिक रुपमा कामदारको न्युनतम तलब २० लाख १० हजार वन प्राप्त गर्ने छन् । ओभर टाइम र सार्वजानिक विदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनेछन् । यो नियम कोरियाका सम्पूर्ण उद्योगहरुमा लागु हुनेछ ।
ज्याला निर्धारण समितिले गरेको यो निर्णय गर्दा उद्योगी पक्षले उच्च ब्याजदर, कोरियाली वनको डलरसँगको उच्च गिरावट र कोरोना महामारीका कारण भएको आर्थिक क्षतिलाई कम गर्न कामदारको तलव बढाउन नहुने जनाएका थिए । त्यस्तै मजदुर युनियन पक्षले भने यस अघिका राष्ट्रपतिको कार्यकालमै प्रतिघन्टा १० हजार वन पु¥याउने घोषणालाई कार्यान्वयन गर्न माग गरेका थिए । ज्याला निर्धारण समितिमा मजदुर युनियन, उद्योगी र सार्वजनिक क्षेत्रका ९÷९ जना सदस्य रहेका रहने व्यवस्था छ ।
प्रस्तावको निर्णय हुन पहिले नै सार्वजनिक क्षेत्रका ९ सदस्य र कोरियाली मजदुर युनियनका ४ जना प्रतिनिधिले आफूहरुले भने जस्तो तलब नबढाएको विरोधमा बैठक छाडेका थिए । बाँकी सदस्यहरुले भने निर्णयको पक्षमा मतदान गरेका थिए ।
समितिले गरेको ज्याला निर्धारण कोरियाली श्रम तथा रोजगार मन्त्रालयले आगामी अगस्ट ५ मा अनुमोदन गरेर अर्को बर्षको जनवरी १ देखि लागु गर्नेछ । ज्याला निर्धारण समितिले ८ बर्षमा पहिलो पटक समयमै अर्को बर्षका लागि ज्याला निर्धारण गरेको हो ।
यस अघिका राष्ट्रपति मुन जे–इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ प्रतिशत ज्याला बढाएको थियो । त्यस्तै सन् २०२१ मा १.५ प्रतिशत तलब बढेको थियो । यो अहिलेसम्मकै सबै भन्दा कम बढेको तलब हो ।
तलब बृद्धिले रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आएका ३५ हजार भन्दा बढि नेपाली कामदार लाभान्वित हुनेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...