Advertisement
SKIP THIS

कोरियामा फेरी एक नेपालीको मृत्यु


कोरियामा फेरी एक नेपालीको मृत्यु भएकाे छ । छल्लानाम्दो ख्वाङ्जुमा कार्यरत बिमान राइकाे बुधबार विहान मृत्यु भएकाे हाे ।

जुन १८ तारिख दिउसो ३ बजे कम्पनीमा काम गर्ने शिलशिलामा गम्भिर दुर्घटना परेपछि छल्लानाम्दो ख्वाङ्जु कै Chosun University Hospital को सधन उपचार कक्षमा राखी उपचार हुदै आएको थियो। नेपालकाे घर ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वार्ड न.६ का २४ वर्षिय राई चार वर्ष अघि काेरिया अाएका थिए ।

डाक्टरले बिरामीको अवस्था जटिल भएकाे बताए पछि कम्पनी र अस्पतालको समन्वयमा मृतक राईका बुवा र दाइ हिजो मात्रै कोरिया आइपुगेका थिए। उनीहरूले हिजो बिहान-बेलुकी बिरामिलाई भेटेका थिए। यस दु:खद घटनाको गम्भिर्यतालाई मनन गरि ओखलढुंगा सेवा समाजले दुर्घटना भएको खबर पाए लगत्तै नेपाली दूतावास सउललाई जानकारी गराइएको ओखलढुंगा सेवा समाजका अध्यक्ष श्रीराम तमुले जानकारी दिएका छन्। ‘हामीले सक्दाे प्रयास गरेका थियाै तर हाम्राे केही लागेन । विरामीकाे अाफन्त पनि काेरिया अाइपुग्ने वितिक्कै वित्नु भयाे । हामी निक्कै मर्माहित छाै ।’ उनले भने ।

कोरियामा नेपालीहरुको औद्योगिक दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...