Advertisement
SKIP THIS

गाई खान हुन्छ ?


सञ्जिब कुमार गोले

विश्व २१औं शताब्दीको चरम आधुनिक बैज्ञानिक युगमा हुँदा हामी भने सामान्य जीवनशैलीको बारेमा तर्कबितर्क गरिरहेका छौ । जुन विषयको कुरा गरिरहेका छौ । त्यसैले हाम्रो सामाजिक अबस्था कस्तो छ भन्ने देखाउँछ । विश्व आधुनिक सभ्य जीवनशैलीमा चलि रहँदा हामी भने अझै खुल्ला दिसामुक्त, छुवाछुत मुक्त, छाउपडी प्रथा मुक्त, बोक्सी धामी झाक्री वा झारफुक मुक्त समाजका कुरा गरिरहेका छौ । यी यस्तै विषयमा सेमिनार गोष्ठी, उत्घाटन गर्न मै सीमित छौ । हामी नेपाली साच्चै मिलाएर कुनै पनि कुरा गर्न जान्दैनौ । दुःख कुरा के हो भने हामी कहिले पनि ब्यावहारिक हुन सकेनौ र समाजले संस्कारयुक्त अनुशासित ब्यवहारिक शिक्षा सिकाएको महसुस भएन ।
राष्ट्रिय जनवार केही राष्ट्रहरुमा छन् भने कतिपय राष्ट्र«हरुमा छैनन् । मैले आफुले देखे पढेको केही देशको राष्ट्रिय जनवार, पन्छी र राष्ट्रिय प्रतिकका बारेमा केही लेखौ जस्तो लाग्यो । छिमिकी राष्ट्र चीन, भारत, मित्र राष्ट्र अमेरिका, दक्षिण कोरियालाई हेर्दा यी देशका नागरिकले राष्ट्रिय सम्पदा, प्रतिक प्रतिको मानसम्मान गरेको व्यवहारिक पक्षलाई आत्मसाथ गरौ ।
चीनको राष्ट्रिय जनवार ड्रागन र पाण्डा हो । ड्रागनलाई कसैले छुन सक्ने कुरै भएन । पाण्डा लोपउन्मुख प्रजातिमा पर्छ । त्यसैले सरकारले संरक्षण गरेर राखेको छ । अर्को कुरा चीन सरकारले यी जनवारलाई कुनै पनि व्यक्ति, सस्थाले राख्न निषेध गरेको छ । ती जनवारहरु संरक्षण, सम्बर्दनको लागि ठुलो धनराशी खर्चिनुको साथै ड्रागन वर्ष नै मनाउछन ।
भारतको राष्ट्रिय जनवार किंग कोब्रा, बेंगल टाइगर छ । नाम सुन्दा नै शरीरमा काँडाको आउँछ । नाम सुन्ने बितिक्कै धेरैले पाईला टेकेको ठाउबाट १०० हात टाढा पुग्छ, यस्तो राष्ट्रिय प्रतिक भएको भए सायद नेपालमा अहिले जसरी विवाद हुन थालेको छ सायद हुदैन थियो होला कि ? तितो सत्य के हो भने हिन्दु संस्कृतिबाट नेपालको राष्ट्रिय जनवार राखिएको छ । यसरी राष्ट्रिय जनवार वनाउँदा सहि सोच र बिबेकले राखेको देखिदैनन् । अंग्रेजीमा एउटा भनाइ छ ‘एउटा समुदायको खाना अर्को समुदायलाई बिष समान ।’ मलाई के लाग्छ भने नेपाल सरकारले राष्ट्रिय जनवारको महत्व, दायित्व, स्थायित्वको बारेमा गहिरो छलफल बहस नगरिकन हचुवा भरमा बाह्यशक्तिको दबाबमा परेर गाईलाई राष्ट्रिय जनवार बनाएको देखिन्छ ।
थाहा नै छ गोरु विना गाई हुदैन, गाई विना गोरु हुदैन । यी दुवै एक अर्काको परिपुरक हुन् । आदिमकाल देखिनै विशेष गाईगोरुलाई गोठमा नाम्लो, दाम्लोले बाधेर व्यक्तिको इच्छा अनुसार खेतबारीमा जोताउन, भारी बोकाउन, गोबरलाई मलको रुपमा प्रयोग गर्न, गहुँतलाई केही समुदायले अमृतको रुपमा र केही समुदायले गाई गोरुलाई भोजन(मासु) रुपमा उपभोग गरेको कुरालाई हामीले नकार्नु हुदैन । यी यथार्थ थाहा हुदाहुदै पनि नेपालका केही साम्प्रदायिक समूहको योजनमा गाईलाई राष्ट्रिय जनवारमा राखिसके पछि यसलाई काटमार गर्नु दण्डनीय हो तर जसले दण्डनीय भनिरहेकोछ, जेल चलान गरिरहेको छ, सरकारको ध्यानाकर्षण होस् कि राष्ट्रिय जनवार आफु खुशी राख्न, गहुँतलाई अमृतको रुपमा ग्रहण गर्न, खेतबारीमा चुटाई चुटाई जोत्न, भारी बोकाउन, मल प्रयोग गर्न नेपालको संबिधानमा कहाँ लेखिएको छ ? यो राष्ट्रिय प्रतिकको सम्मान भयो कि अपमान ? आफूखुसी गोठमा पालेर कृषकले गाईगोरुलाई जोत्न मिल्ने, भारी बोकाउन मिल्ने, केही जाती समुदायले गहुँत र मल प्रयोग गर्न छुट भए आदिमकाल देखि गाईगोरुलाई भोजनको रुपमा प्रयोग गर्दै आएको समुदायलाई चाँही किन आरोपमा जेल चलान ? किन मासु प्रयोजनको लागि छुट छैन ? यो विभेद होइन र ?
यदि यसलाई सम्मान पुर्वक राष्ट्रिय जनवारको रुपमा स्थायित्व दिने हो भने आधिकारीक व्यक्ति बाहेक कुनै पनि समुदायले राख्न, छुन बन्देज लगाउनु पर्छ होइन भने जसले जसरी उपयोग गर्छ स्वतन्त्रता दिनु पर्छ । संबिधानबाट यस्ता बिबादित बिषयलाई बेलैमा हटाउदा उपयुक्त हुन्छ । स्मरण रहोस सबै देशहरुमा राष्ट्रिय जनवार हुन्छन भन्ने छैन । यदि हामीले यसलाई स्वतन्त्र रुपमा आत्मसात गर्न सकेनौ भने निकट समयमा नै अप्रिय घटना हुनबाट कसैले छेकबार गर्न सकिदैन । हामीले विश्वका धेरै देशबाट शिक्षा लिन जरूरी छ । विश्वमा २०९ राष्ट्रहरु त्यतिकै भएका होइनन् यी सब ठीक समयमा मुद्दाको सम्बोधन गर्न कन्जुस्याइँको उपज हो भन्नेमा दुइमत छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...