Advertisement
SKIP THIS

कोरियामा आत्महत्या र भ्रम


सुरज लामिछाने

 

मर्ने रहर कदापी कसैलाई हुदैन र झन् आफूद्वारा आफै मारिनुपर्ने बिडम्बना युक्त रहरको त कल्पना पनि गर्न सकिदैन ! आफूद्वारा आफै मारिने निणय मान्छेले त्यति बेला मात्र गर्छ जतिबेला उसले समस्या र दुखको समाधानको कुनै विकल्प खोज्न असमर्थ रहन्छ र त्यसैबाट मुक्तिको निम्ति आत्महत्याको कठोर निणय लिन पुग्छ |

 

प्रसंग कोरिया मा नेपालीको बढ्दो आत्महत्या सम्बन्धको हो |कोरियमा हुने प्राय आत्महत्यालाई यहाको कामसंग तुलना गरेर समाचार प्रेषित हुने गर्दछ जुन कपोकल्पित र मनगढ़न्त्ते मात्र हुन् जस्तो लाग्छ | स्वाभाविक रुपले कोरियामा कडा मिहिनेत र परिश्रम गर्नुपर्छ | यसको अर्थ अरु देशमा गर्नुपर्दैन भन्ने हैन कोरियामा मात्र नभई अन्य जुनसुकै देश्को मूल मर्म नै कडा परिश्रम हो जुन अनिबार्य छ र जहाँ पक्कै पनि कडा परिश्रम र मिहिनेत्ले थाकेको तन र मनलाई शितल दिन सक्ने उचित श्रम मुल्यको मलम पट्टि पनि मिल्ने गर्दछ | लाग्छ काम गरेर पनि उचित मूल्य नपाएको हिनातामा आफै मुत्यु रोज्नुपर्ने अवस्था देखिदैन |

श्रमको उचित मुल्य नपाएकै हिनातामा आत्महत्याकै बाटो रोज्नु पर्नेहो भने पनि यहाँ हैन नेपालमै कयौ होनहारहरु आफ्नो बाटो लागिसकेका हुन्थे होला | त्यसैले यहि निहुमा मर्नको लागि यहाँसम्म आउनु जरुरि छैन | मेरै कुरा गर्दा नेपालमा हुँदा एउटा आबसिय बिध्यलयमा सम्मानका साथ पाउने शोषित मूल्य भन्दा यहाको कडा परिश्रमले पाएको न्यायोचित श्रम मूल्यमा म धेरै खुशी रहन सक्छु | त्यसैले दु:ख कामले हैन | काम पछि मिल्ने मुल्यले हो | जुन दुख हाम्रो प्यारो देशमा बिध्यमान छ | त्यसैले यहाको आत्महत्यालाई कामसंग मात्र तुलना गर्नु उचित देख्दिन म |

त्यसै गरी मानौ काम गर्न नसक्ने अवस्था नै आयो भनेपनि ईपिएस प्रणालीबाट कोरिया आएको जोकोहीलाई पनि नेपाल फर्केपछिको लाखौको ऋण को श्रुतामै यो बिरानो भूमिमा आफै मारिनुपर्ने जटिल अवस्था पनि द्खिदैन | त्यसैले आफ्नै व्यक्तिगत समस्या जुन बिल्कुल आन्तरीक हुन्छन | तिनै कारणले हुनसक्ने आत्महत्यालाई “बाघ कराको ,बाख्रो हराको “जस्तो गरि हचुवामा समाचार प्रेसित गरेर हामीजस्ता कोरियामा रहने युबाहरु यवम हाम्रा परिवार प्रति मानसिक बिचलन पैदा नगरिदिन अनुरोध गर्दछु | घटनाको यथार्थ तथ्य खोज्नु जरुरि छ | त्यस्ता समस्याहरु जुन सार्बजनिक भएपछिको घृणा र तिरस्कारको अग्रिम त्रासदी ,असफल प्रेम ,पारिवारिक बिचलन , अप्रत्याशित गुमाई आदि कारणले प्राय आत्महत्या हुने गर्छन |

त्यसैले कोरियामा हुने आत्महत्या पनि यिनै कारणबाट छुतो नरहन सक्छन बरु तिनको खोजि गरेर मात्र तथ्य कुरा बाहिर ल्याउने प्रयास गरौ | कोरियाबाट फर्किसकेर नेपालमा आत्महत्या गर्नेहरुलाई पनि कोरियासंगै जोडेर समाचार प्रेसित गर्नु जरुरि छैन | त्यसैले सहि तथ्य कुरा थाती राखेर हल्लाका आधारमा समाचार बनाएर हामीजस्ता प्रबासी हरुलाई हतोत्साही र बिचलित बनाउने काम बन्द गरौ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...