मैले कोरियामा जे भोगें


कल्पना राई ‘खुशी’
प्रकृतिको एक अभिन्न अंग नारी जो बिना यो संसारले कुनै रुपमा फड्को मार्न सक्दैन, यो कुराहरु जान्दाजान्दै पनि बिभिन्न कारणले गर्दा हामी नारि पछि नै छौ,एक्काइसौं शताब्दीको आगमन संगै परिवर्तनका धेरै बिगुलहरु फ़ुकिए तापनि त्यसको ध्वनि निश्चित र सहि ठाँउमा पुग्न सकेको छैन,सायद यसको कारणहरुमा शिक्षा,अन्धो समाज,अस्थिर राजनिती, संकुचित सोच र गरिबी नै हुन lअझ हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको लागि ,तथापी समयको प्रभाव र परिवर्तनसंगै जुध्ने हामी नेपालीको बानि र आँट भएकोले नै अरुले गर्न सक्ने काम हामी पनि गर्न सक्छौ र गरेर देखाउने आँट र अभिलाषाहरु बोकेर घर,परिवार, देशसम्म परेलीबाट ओझेल पार्दै सात समुन्द्र पारि तर्न र तारिन थाली सक्यौ,हामी महिलाहरु पनि, बिडम्बना यस्तो परि दिन्छ कि सोचेको र आफुले गरेको बिपरित भइ दिन्छ |

 

 

यसै क्रममा म स्वयम बैदेशिक रोजगारको सिलसिलामा ईपीएस अन्तर्गत कोरियन भाषा उतिर्ण लगायत सम्पूर्ण नियम पालन गर्दै सन २००९  नोभेम्बर १७ तारिख कोरियाको भुमीमा प्रवेश गरें | शुरुका पल एकातिर देश र परिवार छोडेको पिडा थियो भने अर्को तिर नयाँ ठाउँ,नयाँ परिवेश,नयाँ मान्छेहरु र कठांग्रिएको हिउका डल्लाहरू भित्र सपना र आवस्यकता परिपूर्तिको एउटै साधन अर्थ आर्जन गर्नु थियो, अत हामी जो कोहि पनि ईपीएसबाट आउदा कोरियाको काम,सस्कृति,जीवन शैली, जानकारी गराउन इन्छनस्थित तालीम केन्द्रमा  ३ दिन  प्रशिक्षण दिईन्छ जुन अति नै लाभदयाक हुन्छ,यसै सिलसिलामा एउटा घटना जोड्न मन लाग्योI

 

 

त्यो दिनको कुरा हो, जुन दिन हामी नेपालीको लागी मार्गनिर्देश गर्ने एक जना लामा सरले कक्षा लिनु हुदै थियो l त्यहिबेला कोहि केटा साथीले सर तपाइको फोन नम्बर दिनुस न,यदि हामीलाई अफ्ठ्यारो परेको खण्डमा तपाईलाई कल गर्छौl तर,सरको जवाब यस्तो आयो ‘मैले कसैलाई नम्बर दिने गरेको छैन ,पहिला एक पल्ट आफ्नो  नो बाडेको थिएँ,र त्यसको केहि दिनमै एक जाना केटिको फोन आयो,रिसिभ गरें,उता बाट अतालिदै सर मलाई गाह्रो भयो काम गर्न,काम त जे जसरि नि गर्छु तर म एक्लो नेपाली केटी छु, दिउसो काम गर्छु राती साहु रक्सी खाएर आएर ढोका खोल कि खोल भनेर बेसरी ढोका हान्छ म के गरु सर?मलाई मदत गर्नु पर्यो सर | ‘ यस्तो बिलौना युक्त आवाज सुनेपछि जो कोहि नेपालीको मन पग्लिन्छ नै यदि उसको छातीभित्र नेपाली मन छ भने तर हाम्रो सर भनाउदाले यस्तो उत्तर दिनु भयो अरे ,जो निकै मुस्काउदै भन्नु भएको थियो,जुन आज पनि मेरो मानसपटलमा बिझी रहन्छ |

अनि त्यो हाम्रो दोभाषे सरले भन्नु भयो रे ‘ए!उसो भए डबल डिउटी गरे भैहाल्यो नि’ धेरै पुरुष मित्रहरु गलल हाँस्नु भयो तर त्यो दिन म नौलो र अपरिचीत छोरी मान्छे एक चिम्टी डर नमानी त्यो सर भनाउदोसंग प्रतिवाद गरे, त्यहि बिषयलाई लिएर,अन्तमा उहाको सफाई थियो कि उहालाई आफ्नी कोरियन श्रीमतीको अगाडी अफ्ठ्यारो भएको थियो रे | कोहि समस्यामा परेको नेपाली चेलीको फोन उठाउदा अफ्ठ्यारो हुन्छ यो कस्तो मानसिकता?यो कस्तो मानबता? यो कस्तो परिबेस हो?यही कुराहरुले सोचमग्न हुँदै त्यहि बेलादेखि आफुलाई अझ बलियो र स्वालाम्बी बनाएं किन कि याहा कोरियामा/प्रवाशमा कोहि आफ्नो नहुदो रहेछ |

 

 

तिन दिने प्रशिक्षण पश्चात मेरो कम्पनी ईन्छन भन्दा टाढा रहेकोले भोली पल्ट आफ्नो कार्यस्थल पुगें,कामका पहिलो दिनहरु हप्काई,दप्काई,गालीबाट सुरु भयो कारण थियो भाषा नबुझ्नु l नेपालमा जुन भाषा उतीर्ण  गर्दा  छाती फुल्लाउछौ त्यो व्यर्थ साबित भयो,याहाको बोलाई र हाम्रो सिकाईमा आकाश जमीनको फरक थियो,जसलाई सहर्स स्वीकार्नुको अरु बिकल्प थिएनlजसो तसो काम सिक्ने र गर्ने क्रममा २०१० फेब्रअरी २४ तारिख नाइट काम गर्ने क्रममा एक कोरियन आजुमाको गल्तीले मेरो देब्रे हातको साइली औला भाचिन पुग्यो,सायद जिन्दगीको पहिलो दुखद र पिडादायी क्षण थियोl साहु बोलाएर औला सिलाइयो स्टिल राखियो,डाक्टरको सल्लाह बमोजिन औला ठिक नहुन्जेल काम नगर्नु तर यहाको कोरियन भित्र माया र दया केहि नहुदो रैछ,हप्ता दिनको रेस्टपछि दिनहु म बस्ने कोठामा पालैपालो साहु,साहुनी मेनेजर आउदै किचकिच र गाली गर्न थाल्यो,तर मेरो स्थिती काम गर्न सक्ने थिएन|

 

 

तिनीहरुको अपशब्द र तुच्छ व्यवहार भोग्नु र आशुंले सिरानी भिजाउनु बाहेक म केहि गर्न सक्दिन थिएँl त्यसमा सबै भन्दा ठुलो समस्या स्थानीय भाषा नबुझ्नु थियो र परि आएको खण्डमा काहा र कसरि सम्पर्क गर्ने कुरा बाट अनभिग्य थिएँ l जसकारण शारीरिक पिडा,मानसिक तनाब,बिचाल्लीत मन आफैले सम्हालेर गुम्सिनु बाहेक अरु उपाय थिएन|

 

 

यो त मेरो व्यक्तिगत भोगाई यस्ता र यो भन्दा बढी दर्दनाक कहाली लाग्दो  कथा व्यथा कोरियामा महिला कामदार माथी दिन कै भै रहन्छ,जसको आवाज भित्र भित्र दबाईएको छ,ईज्जत र अज्ञानताले,हामी eps बाट आउनेलाई यस्तो छ भने म्यारिज बिउरो बाट  बिवाह गरेर आउनेको समस्या झन जटिल र कारुणिक छ,जुन प्राय जसो समाचार बनेर हाम्रो टेलिभिजन र रेडियोमा गुन्जी रहेको हुन्छ,केहि बर्ष अघि मात्र नक्कली बिवाह गरेर भित्रिएकी एक जाना चेलीले आत्महत्या गर्नु भयो,त्यसरी नै आउनु भएको एक जाना लक्ष्मी जी आफ्नो जड्याहा कोरियन श्रीमान र उनको परिवारको अमानविय व्यवहार र कुटपिटले अपाङ्ग हुनु भयो,साथै यस्ता घट्ना धेरै भन्दा धेरै कृषी क्षेत्रका दिदि बहिनीले भोग्नु परेको छ |

 

 

कोरियामा बिदेशीहरुले गर्नु पर्ने काम थ्री डीभित्र पर्दछ,डिफिकल्ट,डेन्जर र डर्टी र महिलाहरुको लागी प्राय डर्टीमा पर्दछ,कम्पनी अनुसार सुरक्षाको साधनहरु पनि उपलब्ध गराईएको हुन्छ,त्यसमा पनि महिलाहरुले मन पराउने कामहरु,कपडा उद्योगमा धागो काट्ने,टंक राख्ने,प्याक गर्ने,कागज उद्योगमा कागज काट्ने,टास्ने,प्याक गर्ने,कलर गर्ने,पलास्टिक उद्योगमा,फलामको काममा पनि केहि सजिला कामहरु महिलाले गर्ने गर्छन | काम जस्तै भए पनि भौतिक शक्ति,बिबेकको सामर्थ्य र शान्त मन लिएर गाह्रो हुन्नlतर एउटा काम गर्नको लागी शारीरिक स्फुर्ति,लगनसिलता, मेहनत,स्वच्छ बातावरण,मनको शान्ति हुन अति आवश्यक हुन्छlजसको जिम्मेवार काम गर्ने कम्पनी र आफु दुबैमा भर पर्छlकिन कि काम गर्ने बातावरण सबै ठिक छ भने पनि आफ्नो मन मष्तिस्कमा परिवारको सम्झना अत्यधिक गरेर होम सिक बनायौ भने,हामी छोरी मान्छेलाई गाह्रो हुन्छ,यसै पनि हामी छोरी मान्छे आफ्नो परिवार बालबच्चा छोडेर प्रदेशिएका छौ भने निकै कठिन हुन्छ तथापी आफुलाई सम्हाल्नु पर्छlघडीको सुईले हरेक कठिन समयलाई उधिनेर फालिरहेको महसुस गर्नु पर्दछ,केहि हद सम्म त हामीले नेपाल बाटै मानसिक तयारी गरि सकेका हुन्छौ मात्र याहा आएर व्यवहारमा उतार्नु पर्ने हुन्छ |

 

 

अब यदि आफुले काम गरेको ठाँउमा आफुले राम्रो काम गर्दा गर्दै पनि साहुले अथवा अन्य व्यक्तिले आफु माथी अन्याय अभद्र व्यवहार,लेनदेन हरहिसाब,र आफुले सम्झौता गरेको सुख सुबिधा बाट कटौती गर्दैछ भने त्यसको लागी धेरै संघ संस्था छन,त्यसमा सम्पर्क गर्ने जुन सम्पर्क नम्बरहरु नेपालको पन्ध्र दिने शिपमुलक तालिममा उपलब्ध गराएको हुन्छl यदि त्यहाँ ति नम्बरहरु उपलब्ध नभए पनि साथीभाईहरु संग आफ्नो समस्या सेयर गर्ने,परिआएको समस्यालाई कसरि र कुन तरिकाले सुल्झाउन सकिन्छ छलफल गर्ने सबै भन्दा ठुलो कुरा त फोन र सामाजिक संजालसंग एकदम नजिक हुनुपर्छ  क्लो छु भनेर मन दुखेर पिर बोकेर कहिल्यै बस्नु हुन्न,आफ्नो सबै भन्दा नजिक को छ,उसैलाई बताउने गर्नु पर्छlहिजोआज प्रवाशीहरुको सारो गाह्रोलाई ध्यानमा राखेर हरेक देशमा बिभिन्न संघ संस्थाहरु खुलेका छन र कोरियामा पनि त्यसको कमि छैनlजस्तै:-आफ्नो समस्या लिएर रोजगार केन्द्रमा  जानु उपयुक्त हुन्छ |

हुन त पिडित जसरि पनि पिडितै छ,पिडितको पिडामा सहयोग गर्ने संघ संस्था भनेर जति नै खुले पनि प्रभावकारी रुपमा त्यसले के कति काम गरेको छ भन्ने कुरा त आउदो समयमा पिडितको संख्या हेरेर पनि अनुमान लगाउन सकिन्छIयसको अर्थ यो होइन कि संघ संस्थाहरुले कामै गरेको छैन भन्ने तर पनि मेरो आफ्नो व्यक्तिगत मुल्यांकन हो,किन कि यस्तो कुनै प्रकारको सहयोग चाहिएमा यो नम्बरमा सम्पर्क गरेर जुनसुकै समयमा सहयोग लिन सक्नु हुनेछ,भनेर सामाजिक संजाल तिर सेयर गरेको हुन्छ तर बास्तबिक समस्या परेको बेला केहि सल्लाह सुझाब लिन फोन गर्यो मरेकाटे उठ्ने होइन,यस्तो स्थिति भोग्नु परेकोले फोन नम्बर बाड्नु हुने सम्पूर्ण संघ संस्था होस या व्यक्ति बिशेस यदी तपाईहरु साच्चै नै एउटा पिडितको लागी केहि सहयोगी भावना बोकेर अघि बढ्नु भएको छ भने बोले बमोजिम कार्य गरिदिनु होस,न कि नाम कमाउन सामाजिक संजाल होस कि सस्तो अनलाईन मिडियामा अनेक आश देखाएर परेको बखत अझ बढी पिडा बढाउनु होसIफेरी कोहि यस्ता व्यक्ति पनि हुनुहुन्छ जो पिडितको सानो केसलाई पनि सहज र सरल तरिकाले सुल्झाएर सान्तवना दिनु हुन्छ,उहाहरु प्रति नतमस्तक छु|

 

 

अन्त्यमा,हरेक नारी हामी सक्षम,सबल,आत्मविश्वासी,साहसी,निडर छौ तर यो सब हामी आफु भित्रै कैद छ किन कि यी सब गुण प्रस्फुटन गर्न पाउने हाम्रो नेपाली समाज त्यो बेला थिएन तर अब नौ डाँडा काटेर सात समुन्द्र तरेर हामी जुन ठाँउमा छौ,त्यो ठाँउमा यदि हामी सहि र सत्य छौ भने हाम्रो काम र सोचाईलाई कदर नगर्ने कुरै छैनIत्यसैले प्रवाशको यो छोटो बसाइलाई उपलब्धि मुलक बनाउन,आफु स्वास्थ्य रही आर्थिक आर्जन गरौ,याहाको कला सिप आफ्नो ठाउमा कसरि प्रयोग गर्न सकिन्छ त्यो सोचौ र भोली आफ्नो मातृभूमीमा सुखी,खुशी,सम्पन्न र स्वतन्त्र तरिकाले बाँच्न सकौ,र हामी पछी हाम्रो छोरीले श्रम गर्न प्रवाश छिर्न नपरोस |
दोलखा
हाल -दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...