एनआरएन कोरियाको अध्यक्ष एक कि दुई ? (विश्लेषण)


खेम कार्की
एनआरएन कोरियाको अध्यक्षको बारेमा कोरियन मिडियाहरुमा दुई  जनाको नाम आउने गरेको छ । अहिलेका  अध्यक्ष विनोद कुँवर त कतै आईसीसी  सदस्य केपी  सिटौंलालाई अध्यक्षको रुपमा मिडियाले सम्बोधन गर्ने गरेको छ ।

भुकम्पको राहतको नाममा व्यक्तिगत प्रचारबाजीको आरोप चलिरहेको बेला एनआरएन कोरियाको पदाधिकारीहरु पनि यसको आरोपमा तानिएका छन ।कोरियाको मिडियामा व्यक्तिगत पहुँचको नाममा गलत सूचना दिएर कोरियनको लागि अर्कै र नेपालीको लागि छुट्टै एनआरएन अध्यक्ष त होईन भन्ने भ्रम सिर्जना भएको छ ।
आखिर यस्तो भ्रम किन र कसले गरिरहेको छ त्यो मुख्य कुरा भएको छ । मिडियामा पहिले गलत सूचना दिएर व्यक्तिगत फाईदा लिने र त्यसको दोष पछि मिडियालाई दिने प्रवृत्ति नौले होईन ।

कोरियाको चर्चित च्यानल केविएस र यसको वेभ साईटमा केपि सिटौलालाई अध्यक्ष मानेर समाचार आएपछि कोरियन विचमा भने यसले गलत सूचना दिएको निश्चित भएको छ ।

भुकम्पकै समाचारमा केही कोरियन मिडियाले भने विनोद कुँवरकै नाम दिएका छन । यसले कोरियन विचमा पनि अन्यौंल बढाउने प्रष्ट छ । पटक पटक कहिले व्यक्तिगत प्रयासमा नेपाल हाउस बनाएको त कहिले एन आर एनको अध्यक्ष जस्ता विषयहरु चरण वद्ध रुपमा कोरियाली मिडियामा आउने थालेपछि यसले नेपाली समुदायलाई संसकित बनाएको छ ।

एन आर एन कोरिया भित्र नै किचलो ?

समाचार मात्रै होईन एन आर एन भित्रको आपसी कटुताको कारण पनि यस विषय केही संकास्पद देखिएका छन । एन आर एन कोरियाले भुकम्प पिडितको लागि उठाएको राहत पनि कुन प्रकृया वापत कति उठयो भनेर सार्वजनिक हुन सकेको छैन । यसमा अध्यक्ष विनोद कुवँर र आई सि सि सदस्य केपि सिटौलाले आफ्नै प्रयासमा रकम संकलन गरिरहेको श्रोतको दावी छ ।

कोरियाका अन्य संघ संस्थाले एकाउन्ट नं. मार्फत संकलित रकम सार्वजनिक भए पनि एन आर एन कोरियाले कति रकम संकलन गरयो त्यसको सार्वजनिक हुन सकेको छैन । एन आर एन अध्यक्ष विनोद कुवँर हाल नेपालमा रहेका छन ।

यता आई सि सि सदस्य के पि सिटौलाले पनि भुकम्प पिडितको लागि भनेर रकम सहयोगको अपिल कोरियन संस्थाबाट गरेका छन । तर रकम कस कसले कति र कसरी उठाएका छन सार्वजनिक भएको छैन ।

रकम दिने कुरामै विवाद

भुकम्प पिडितको लागि संकलित रकम कसरी नेपालमा खर्च गर्ने भन्ने विषयमा पनि अन्यौंलता देखिएको छ । अध्यक्ष विनोद कँुवरले नेपालमा आफैले वितरण गरिरहेका छन भने एन आर एन कै केही पदाधिकारीहरुले एन आर एन केन्द्रमा सहयोग गर्नुपर्ने लविङ गरिरहेका छन । एन आर एन कोरियाका अध्यक्ष विनोद कुँवर र आई सि सि सदस्य के पि सिटौला फरक ढंगले अगाडि बढदा एन आर एन कोरिया र एन आर एन आई सि सि गरी दुई भागमा सहयोग विभाजन हुने हो की भन्ने संका उत्पन्न भएको छ । त्यसो त एन आर एन अध्यक्ष विनोद कुँवरले कोरियाका विभिन्न संघ संस्था सपोर्ट नेपाल,योंग स्टार,सोन्सिक,ओमन फर ओमन जस्ता संस्था संग संयुक्त सहकार्य गर्नुपर्ने कुरा उठाएका छन भने केही एन आर एन पदाधिकारीहरु एनआरएन आफ्नै तरिकारले अगाडि बढनुपर्ने धारणा राखिरहेका छन ।

के हुदैंछ नेपाल हाउस?

पछिल्लो समय एन आर एन कोरियाले चलाएको अभियान हो नेपाल हाउस । यसमा कोरियामा राम्रो आर्थिक संकलन भएको पनि छ । नेपाल आउसको लागि पहिले देखि नै रकम संकलन भए पनि यो पटक वृहत अभियान गर्न एन आर एन कोरिया सफल भएको हो । नेपाल हाउस व्यवस्थापन समिति बनाएर गरिएको अभियानको स्वरुप फ्रेबुअरीमा गरिएको कार्यक्रमको आर्थिक हिसाव र यसको खाका सार्वजनिक नहुदा यसले पनि एन आर एन लाई संसकित बनाएको छ । एन आर एन भित्रै नेपाल हाउस बन्ने या नेपाल हाउसलाई व्यवस्थापन कमिटिबाट सञ्चालन गर्ने भन्ने प्रष्ट खाका बनाउन सकिएको छैन ।

यसअघि नेपाल हाउसको लागि एन आर एन अध्यक्ष शेष घलेले अधिवेशन ताका दिएको सहयोग रकम कसको खातामा कसरी राखियो कसरी खर्च भयो भन्ने कुनै हिसाव आएको छैन । नेपाल हाउस बनाउने अभियान भन्ने र त्यसको रकम सार्वजनिक गएको अधिवेशनले पास गर्न नसक्दा एन आर एन कोरिया आर्थिक अनियमितताको प्रश्न भित्र अडकिएको प्रष्ट छ । त्यस बेला देखिको आर्थिक समस्याको कारण त्यसलाई प्रस्ट रुपमा पुरा गरेर अगाडि बढन अहिलेको एन आर एन कोरियालाई फलामको च्युरा चपाएको सरह भएको छ । कतै एन आर एन आई सि सि ले हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने त होईन भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

एनआरएनको यस्तो लाजमर्दो शैली देखिएपछि एनआरएन आईसिसि एसिया प्यासिफिकका संयोजक गंगाराई राईले कोरिया समिति र आई सि सि विच समन्वय गर्ने प्रयास गरिरहेको बताए ।

यसअघि नेपालको लागि भुकम्प पिडितको लागि सिटि हलमा भएकोक कार्यक्रम र अन्य बेला पनि के पि सिटौला अध्यक्ष भएको खवर आएपनि त्यसको बारेमा आई सि सि सदस्य केपि सिटौंला र एन आर एन कोरिया अध्यक्ष विनोद कुँवरलाई जानकारी गराएको प्रष्टआएका छन । अहिले भुकम्प पिडितको लागि राहत संकलनमा पनि आई सि सि र कोरिया एन आर एन लाई सहकार्य आफूले भनेको तर सोचे अनुसारको नतिजा नआएको राईको भनाई छ । यस विषयमा आई सि सि सदस्यसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । उनी चाडै नेपाल जाने तरखरमा रहेको श्रोतको दावी छ । एन आर एन कोरियाको अध्यक्ष नेपालमा राहत वितरण गर्दै रहनु र आई सि सि सदस्य सिटौला यही बेलामा नेपाल जाने तयारी गर्नु पनि संयोग मात्र नहुन सक्छ ।
जुलाईभित्र अधिवेशन हुन्छ ?

यसै विच एन आर एन कोरियाको अधिवेशन जुन अथवा जुलाई भित्र गर्नुपर्ने एन आर एन एसिया संयोजक गंगाराज राईले बताएका छन । आगामी अक्टुबर नोभेम्बरमा केन्द्रीय अधिवेशन हुने हुदा त्यसको ६ महिना अघि नै अधिवेशन गर्न केन्द्रले जानकारी पठाएको राईको भनाई छ । कम्तिमा ४ महिना अघि अधिवेशन गर्ने छाट पनि एन आर एन कोरियाले देखाएको छैन । तर यसको लागि आफुले जानकारी दिएको उनले बताए । राईले भने“जुन अथवा जुलाई भित्र कोरियाले अधिवेशन गरिसक्नु पर्छ ,कोरियाबाट आएको मितिलाई केन्द्रले पास गरेर अधिवेशन गरिन्छ । ”

अब के हुन्छ ?

अहिले पछिल्लो समय एन आर एन भित्र उठाइएको विषयहरुलाई आउदै गरेको अधिवेशन संग जोडेर हेरिएको छ । एन आर एन कोरियाको अधिवेशन आगामी जुन जलाई भित्र गरिसक्नु पर्ने बताइएको छ । अधिवेशन वाँकी रहदा एन आर एन भित्रका विषयवस्तु बाहिर आउन थालेका छन । यस अघि कोरिया एन आर एनले वाडेको राहतको विषयको समाचारलाई पनि अधिवेशन संग जोडेर हेर्न थालिएको छ ।

 

यसो त यस अघि एन आर एन अध्यक्षमा उम्मेदवारी बनेका मनोज डाँगी अनिस खालिङ बचाउन अभियानमा नेपाल जादा उनी नै अध्यक्ष मानेर नेपालका मिडियाले समाचार हालेका थिए ।

एन आर एन भित्रका व्यक्तिहरु संस्थागत भन्दा व्यक्तिगत प्रचारमा अगाडि बढेपछि यसले आलोचना निम्त्याएको बताइएको छ ।

यस अघि के पि सिटौला अध्यक्ष हुदा गरेको अधिवेशनमा नै आर्थिक विवाद भए पछि आर्थिक कमिटि बनाएर त्यसले हिसाव मिलान गर्ने भनेर अधिवेशन गरिएको थियो । त्यस पछि पनि यसको आर्थिक विवाद मिलाउन सकिएको छैन ।

 

मिडियालाई गलत सूचना दिने अनि व्यक्ति हिरो हुने र पछि दोष मिडियालाई दिएर पन्छिने एन आर एन भित्रको पुरानो रोग हो । एन आर एन भित्र व्यक्तिवादी प्रवृत्ति हटाएर संस्थागत विकास गर्नु जरुरी देखिएको छ ।

 

एनआरएन आईसि सदस्य सिटौलालाई (एन आर एन कोरिया )अध्यक्ष भनेर आएको समाचार

 

<인터뷰> 케이피 시토울라(주한네팔인협회장) : “많은… 한국에서 도움을 줄 수 있는 분들에게, 네팔을 다시 일으킬 수 있게 호소하고 싶습니다.”
http://news.kbs.co.kr/news/NewsView.do?
अध्यक्ष विनोद कुँवरको समाचार
오늘은 한국으로 귀화한 네팔인 비노드 쿤워, 한국명 서민수 씨와 전화연결 해보겠습니다. 나와 계시죠, 서민수 씨?

서민수 : 네, 안녕하세요.

http://news.bbsi.co.kr/news/articleView.html?idxno=687759

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...