कोरियामा विदेशी कामदारले भोग्नु पर्ने पीडाका कारणहरु


कोरियामा रोजगारीका लागि आउने  प्रवासी मजदुरले आफुले रोजगारदाता  बाट भोगेका(पाएका) मानवअधिकार हनन, सोषण, गाली- गलौच ,अभद्र  बेवहार जस्ता घटनाको बारेमा कसलाई भन्ने त्यस्को बिस्वासिलो व्यक्ती  को हो भनेर भरौसा गर्न सकेका हुदैन।  औपचारिक रुपमा सम्बन्धित निकायमा रिपोर्ट दायर गर्ने साहस बोकेका न्युन प्रवासी मजदुरले पनि उचित न्याय न पाउँदा निरास हुने गर्दछ्न। कानुनले  सबै अधिकार रोजगार दातालाई मात्र प्रदान गरेको भएर न्याय पाउनु भनेको  आकासको तारा टीप्नु जस्तै गाह्रो छ।  प्रवासी मजदुरलाई धेरै जसो ३ बर्षमा थप्नु पर्ने सम्झौता पत्र नथपी दिने  डर देखाएर गाली गलौच , दुव्र्यवहार गरेर दवाब  दिइ दास  जस्तो वातावरणमा काम गर्नु पर्ने बाध्यता छ ।

कोरिया मा मानवअधिकार आयोगले गरेको सर्बेक्षण  अनुसार ५८%  रोजगारदाताले सम्झौतामा उल्लेख गरेको काम गर्ने समय बाहेक तथा बिदाको  दिनमा जवर्जस्ती काम लगाउने गर्छ। ७६%  भन्दा बढिले गाली गलौच बेज्जत गर्ने,रिलिज न दिने   ४७% ले भाग्यो  भनेर रिपोर्ट गरेर गैरकानुनी बनाइ दिने, स्वदेश फिर्ता  गरिदिने धम्की दिने १६% ले आईडी कार्ड  राखी दिने १५% ले कुट पिट गरेको भेटिए को  छ। त्यस्तै कृषि तिर को हक मा त ८४% ले तलव समय मा नदिने तोकिएको काम भन्दा अरुनै काम मा लगाएर अन्याय पुर्ण वेबहार गर्ने गरेको छ। कोरिया मा रोजगारदाताले साधारणतया ठोस कारण नभएता पनि प्रवासी मजदुर सितको सम्झौता खारेज  गरिदिने तथा सम्झौतालाई नवीकरण  गर्न अस्विकार गर्ने गरेको छ र गरे पनि ५०  लाख वन सम्म लिने गरेको देखिन्छ। यस्तै अवस्था छ कार्यस्थल फेर्न खोज्नेको हकमा पनि आफुखुशी कार्य स्थल फेर्न पाउनु भनेको नसुति  सपना देखिछ भन्ने कुरामा बिश्वास गरे जस्तै हुन्छ ।

के गरि काम सर्न सक्ने लेटर मा सहि पाए को खन्ड मा उक्त प्रवासी मजदुर ले ३ महिना भित्र नया काम गर्ने कम्पनी खोजी सक्नु पर्ने छ।नत्र भने स्वदेश फिर्ता हुनु पर्ने छ ।  ३ महिना को अवधिमा  नया कम्पनी पाएता पनि  सर्वप्रथम कोरिया आउदा पहिलो ३ बर्षे सम्झौता पूरा भएपछी लगातार काम गर्न सक्ने योग्यता खतरा मा पर्छ। १ बर्ष १० महिना को अवधी थप्न को लागि अनिवार्य रुप मा रोजगारदाता को सहयोग चाहिन्छ। रोजगार सेन्टर मा तलव नपाएको कुनै नराम्रो  बेवहार गरेको सम्बन्धि रिपोट गरेको मजदुर को साहुले भिषा नथपी दिने गरेका कयौ उदाहरण हरु छ्न। इपियस पद्धतिमा सबै अधिकार रोजगार दाता मा निर्हित भएको र मजदुर ले रोजगारदाता ले आफू माथी  गरेको सम्झौता उल्लंघन तथा अन्यायपुर्ण वेवहार  लाई पनि प्रमाणित गर्न सक्नु भनेको रात लाई दिन हो भन्ने कुरा लाई बिस्वास गर्नु जस्तो छ ।

कृषि क्षेत्रमा काम कार्यरत मजदुर को हक मा साधारणतया दिनमा १० घण्टा भन्दा ज्यादा र महिनामा २८  दिन भन्दा ज्यादा यानी कि श्रम सम्झौता भन्दा ५०/६० घण्टा बढी काम गराएको देखिन्छ। यसरी ज्यादा काम गराउने ९९% ले त थप काम गरे बाफत को रकम पनि दिने गरेको छैन। तलब पनि नदिने गरेको र दिएपनी किस्ता बन्दी मा दिने रोजगार प्रवर्द्धन केन्द्र मा रिपोट गरेमा  उक्त रोजगार केन्द्र को कर्मचारीले  साहुलाई कुनै कारबाही गर्नुको साटो साहुलाई फोन गरेर साहुको कुरा लाई मात्र मानेर  दिने वाचा गरेछ भन्दै फर्किनु पर्ने  बाध्यता र फेरि साहुको को बेवहारमा कुनै पनि परिवर्तन आउनुको साटो अबउपरान्त रिपोर्ट गर्न  गएको खण्डमा  ३ बर्षे भिसा न थपेर ईलिगल बस्न बाध्य  गराई दिने यात आफ्नो देश जान  बाध्य गराई दिने जस्ता धम्की दिने गरेको छ ।

प्रवासी मजदुर ले भोगी आएका पीडा हरु मध्येमा कार्यस्थल परिवर्तन गर्न न दिने, तलव न दिने, तलव किस्ता बन्दीमा दिने, जवर्जस्ती बढी काममा लगाउने, धम्की तथा गाली गलौच गर्ने, सम्झौता पत्रमा जाल साझी गर्ने, हिंसा तथा दुर्व्यवहार गर्ने ,कुट पिट गर्ने  मुख्य हुन । प्रवासी मजदुर को समस्या लाई कोरियन सरकार ले बेवास्ता गरेर सम्पूर्ण अधिकार रोजगारदाता लाई दिएकै कारण समस्या उत्पन्न भएको हो । जसका लागि हामी ले रोजगारदाता का कारण समस्या उत्पन्न हुने भन्दा पनि इपियसमा भएका खराव नीतिका कारण समस्या उत्पन्न हुन्छ भनेर बुझ्न जरुरि छ । प्रवासी मजदुर ले प्रवेश गरेको रास्ट्रमा भिसा को अवधी  सकिए  पनि मजदुर को नाता ले मजदुर संगठन को  सदस्य बन्ने र तलव नपाए मा वा अन्याय भए मा इन्साफ पाउने अधिकार भएकोले प्रवासी मजदुर संगठनमा आवद्ध भएर आफ्नो हक अधिकार को लागि दाबी गर्न सकिन्छ।

कोरियामा रोजगारदाता ले कानुन को उल्लंघन गरेको हेर्ने बिभाग भए पनि दुर्भाग्यवश  रोजगारदाता ले गर्ने अन्याय पुर्ण वेबहार लाई बेवास्ता गरेको तथा अनुसन्धान गर्नमा चासो नै नलिईदिने गरेको देखिन्छ । धेरै जसो रोजगारदाता ले  काम गरेको समय नलेखी थप कामगरेको रकम जवर्जस्ति तलव मा नदिइ शोषण गर्ने गरेका छ्न । मजदुर ले आपत्ति जनाए मा उल्टो प्रमाण देखा भनेर पन्छिन खोजेको देखिन्छ र भनेको  नमानेमा स्वदेश फिर्ता गरिदिन्छु भनेर प्राय जसो धम्की दिने गरेको छ । प्रहरी लाई बोलाएर झुटो आरोप लगाउने पनि छ्न( यस्तो अवस्था मा आफुले  यदि हिंसा,चोरी आदि अपराध गरेको छैन भने डराउनु पर्दैन रोजगारदाताले नेपाल पठाउन मिल्दैन)।

कोरियाको  अर्थतन्त्र लाई माथी पुर्याउन  हामी प्रवासी मजदुर ठूलो हात रहेपनी हामिलाई एक मजदुरले पाउने हक अधिकारबाट बन्चित गरिएको छ। केही कुरा त हामी आफैले न बुझेर पनि अन्याय सहन बाध्य छौ।र कति त बुझेर पनि चुप लागेर बस्छौ।  कोरियामा प्रवासि मजदुर माथी कार्य स्थलमा भइ राखेका कुटपिट, गाली गलौच र दमन शोषणको विरुद्ध खवर दारी गर्न मिल्ने(उन्मुक्ति दिलाई दिने) थलो भनेको प्रवासी मजदुर संगठन(MTU) हो जुन कोरियामा मजदुरको हक हितको लागि इपियस पद्धतिमा रहेका खराव पक्ष सुधार गरि ड्ब्लुपियस लागू गराउन कोरियन सरकारलाई निरन्तर दवाव दिदै आएको हामी सबैलाई थाहा भएकै कुरा हो ।

यसकार्यलाई अझ झन ससक्त र कामयाव बनाउन कोरियन सरकार लाई दवाव दिएर  ड्ब्लुपियस लागु गराउन बाध्य गराउन लागि हामी आम प्रवासी मजदुरको प्रवासी मजदुर संगठन(MTU) मा  व्यापक सहभागिता नितान्त जरुरी छ। हामी मध्ये कयौले समाजमा रहेका भ्रामक प्रचारका कारण प्रवासी मजदुर संगठन(MTU) को सदस्य बनेमा र बिरोध प्रदर्सन गरेमा स्वदेश फिर्ता पठाइ दिन्छ भन्ने सोचेका हुन्छौ वास्तवमा यो गलत सोचाइ हो बरु मजदुर संगठनको सदस्य भएमा कार्य स्थलमा हुने विभिन्न घटना जस्तो  कुट-पिट, गाली- गलौच र दमन- शोषण बाट सजिलोसँग उनमुक्ती पाउन सजिलो हुन्छ ।

प्रवासी मजदुर संगठनको सदस्य कसरी बन्ने भन्ने बारेमा पनि हामि मध्ये धेरैलाई थाहा भए पनि सदस्य बन्न धेरै सजिलो छ। यसको लागि हामिले हालसालै खिचेको एक प्रती फोटो, आफ्नो बैंक खाता नम्बर (प्रत्येक महिना खाताबाट ५००० वन  सदस्यता सुल्क आफै काटिन्छ),  बिदेशी दर्ता  परिचय पत्र नम्बर ( राहदानी नम्बर )  को आवस्यकता पर्छ र सदस्यता दर्ता भइ सके पछि एउटा फोटो सहितको परिचयपत्र प्राप्त गर्न सकिन्छ । प्रवासी मजदुर संगठनको सदस्य बने सकेपछि कोरियामा कार्यस्थल आइपर्ने विभिन्न समस्याबाट  निदान पाउन सजिलो हुन्छ।  र हामी प्रवासी मजदुर  एक जुट भएर कोरियन सरकारलाई दवाव दिएमा इपियस पद्धतिमा सुधार भएर ड्ब्लुपियस लागुहुनेमा दुई मत छैन ।

लेखक ,  प्रवासी मजदुर संगठन(MTU) को प्रचार प्रसार बिभाग प्रमुख  हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...