“यलम्बर साङ्गितिक सौगात भाग-१ लाई सपोर्ट नेपाल फॉउन्डेशन द. कोरियाको कार्यक्रम सफलताको शुभकामना”


फोनिज कोरिया सम्वाददाता
बुसान, कोरियाको नयाँ वर्ष तथा मुख्य ठुलो चाड सलनालको अवसर पारेर किरात राई यायोख्खा बुसानले जनवरी २७ तारिकका दिन आयोजना गर्न लागेको यलम्बर साङ्गितिक सौगात भाग-१ कार्यक्रमको लागि सपोर्ट नेपाल फॉउन्डेशन द. कोरियाले कार्यक्रम सफलताको कामना गर्दै कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागिता जनाएर सहयोग गरिदिन पनि आग्रह गरेको छ ।
‘देश विकासको मुख्य आधार शैक्षिक क्षेत्रमा सुधार’ भन्ने नाराका साथ नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले सलनालको पहिलो दिन बुसानमा आयोजित साङ्गितिक कार्यक्रममा भाग लिन नेपालका ख्यातीप्राप्त कलाकारहरु राजेशपायल राई, कोमल वली, मेलिना अमात्य, कला राई, राजेशपूमा राईका साथमा हाँस्य कलाकार राजेन्द्र पोखरेल, डान्सर पृति आले र रन्जिता लिम्बू कोरिया आउने भएका छन् । स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने उक्त साङ्गितिक कार्यक्रम विशुद्ध मनोरञ्जन मात्र नभई सामाजिक कार्यका लागि पनि आयोजना गरिएकोले हाम्रो सहयोग नै हाम्रो मनोरञ्जनको रुपमा सम्झेर सबैले सक्दो सहभागिता जनाएर कार्यक्रमलाई सफल पारिदिन पनि सपोर्ट नेपाल फॉउन्डेशन द. कोरियाले आम कोरियाबाशी नेपालीजनहरुमा आग्रह गरेको छ ।
प्रवासमा पनि किरातीहरुको कला, संस्कृति र पहिचानलाई जिवित राख्दै सामाजिक कार्यमा सक्रिय किरात राई यायोख्खा बुसानले छोटो समयमा नै आफ्नो संस्थालाई सक्रिय रुपमा अगाडि बढाउदै आएको छ । २०१५ र १६ को माइग्रेन्ट आरिराङ फेस्टिभलमा समेत विभिन्न देशले देखाएको आफ्नो देशको प्रस्तुति भन्दा फरक शैलीको प्रस्तुती दिदै नेपाल र नेपालीलाई चिनाउन सफल यायोख्खा बुसानले सपोर्ट नेपाल फॉउन्डेशनको आयोजनामा हुने हरेक कार्यक्रममा सहकार्य र सहयोग पुर्याउदै आएको सपोर्ट नेपाल फॉउन्डेशन द. कोरियाका सचिब श्री रमेश उप्रेतीले बताऊनु भएको छ।
त्यसैगरी बुसान सेल्टरका लागि पनि महत्वपूर्ण भूमिका निभाउदै आएको संस्था यायोख्खाले यस कार्यक्रमबाट बचेको पैसाले नेपालका ग्रामिण भेगका बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने प्रतिवद्धता जनाएकोले पनि सपोर्ट नेपाल फॉउन्डेशन द. कोरियाले कोरियामा रहेका हरेक सामाजिक संघसंस्थाले हातेमालो गर्दै यलम्बर साङगितिक सौगात कार्यक्रमलाई सफल पार्नु पर्नेमा जोड दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...