Advertisement
SKIP THIS

टेरेजा मे बेलायतकी नयाँ प्रधानमन्त्री बनिन


गृहमन्त्री टेरेजा मे बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । बेलायती महारानीले मेलाई बुधबार बकिघम प्यालेसमा आमन्त्रण गरी नयाँ सरकार गठनका लागि गरेको आग्रह स्वीकार गर्दै मे नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।

यसअघि बुधबार नै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती महारानीलाई भेट गरी पदबाट राजिनामा दिएका थिए । प्रधानमन्त्री नियुक्त भएपछि बोल्दै मेले बेलायतलाई अझ राम्रो बनाउने आफ्नो लक्ष्य रहेको बताइन् । उनले सीमित वर्गका लागि मात्र नभई कामदार वर्गका लागि कार्यक्रम ल्याइने आश्वासन पनि दिइन् । ५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्री थिइन् । सन् १९९७ देखि मेडनहेड क्षेत्रबाट सांसद निर्वाचित हुँदै आएकी मे मंगलबार मात्र सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मतले निर्वाचित भएकी हुन् ।

बुधबार नै उनले सानाे मन्त्रीमण्डल पनि सार्वजनिक गरेकी छिन् । जसमा लण्डनका पूर्व मेयर बोरिस जोन्सनलाई विदेश मन्त्री नियुक्त गरेकी छिन् भने विदेश मन्त्री फिलिप ह्यामोण्डले अर्थमन्त्रीको जिम्मा पाएका छन् । उर्जा मन्त्री एम्बर रुढले गृह मन्त्रालयको महत्वपूर्ण अवसर पाएकी छिन् भने पूर्व विदेश मन्त्री डा. लियाम फक्सले अन्तर्राष्ट्रिय व्यापारको जिम्मा पाएका छन् । रक्षा मन्त्री माइकल फालोनलाई पुन रक्षा मन्त्रालय दिइएको छ भने डेभिड डेभिसलाई युरोपियन युनियनसित अलग हुने कार्यका लागि मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुमा जोन्सन, फक्स र डेभिस हालै सम्पन्न जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट निस्कनुपर्छ भन्ने पक्षमा थिए भने ह्यामोण्ड, रुढ र फालोन बेलायत युरोपियनमा रहनुपर्छ भन्ने पक्षमा थिए ।

बेलायतमा मार्गरेट थ्याचरपछि दोस्रो महिला प्रधानमन्त्री बनेकी मेको मन्त्रीपरिषदमा महिलाहरुको प्रतिनिधित्व बलियो हुने आँकलन गरिएको छ । गत जुन २३ मा भएको जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट निस्कनुपर्छ भन्ने पक्षमा जनमत आएपछि सोको विपक्षमा रहेका प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिने घोषणा गरेका थिए । उनको सो घोषणापछि सत्तारुढ दलभित्र नयाँ नेता छान्न भएको चुनावमा मे र एण्ड्रिया लिडसम अन्तिम दुईमा पुगे पनि लिडसमले विवादास्पद अभिव्यक्तिका कारण आफ्नो अभियान अन्त्य गरेकी थिइन् । प्रधानमन्त्रीमा मे सुनिश्चित भएपछि शेयर बजार र बेलायती मुद्राको बजारभाउमा सुधार आउन शुरु गरेको छ । स्रोत ह्वी नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...