नेपालको चिनारी गीत म्युजिक भिडियोमा
आपद विपद पर्दा बस्ने घर
सभा अनि सम्मेलन गर्ने घर
नेपाली कलासंस्कृति जोगाइ राख्ने घर
नेपाली एकताको परिचय दिने घर
कोरियावासी नेपालीको साझा घर
हाम्रो नेपाल हाउस…
भर्खरै सार्वजनिक गरिएको भ्युजिक भिडियो नेपाल हाउस फरक विषय वस्तुमा बनेको गीत हो । कोरियाको व्यस्ततासँगै मिठामिठा गीतसंगीत सिर्जना गर्दै आएका डि आर अटुको शब्द र संगीत रहेको कोरियाको चिनारी गीतमा रमेश संग्रौला, मनिषा राई, डि आर अटु, सरोज अधिकारी र समीर मोक्तानको स्वर रहेको छ । नेपाली राजदूत कमानसिंह लामासहित कोरियास्थित नेपाली संघसंस्थाका पदाधिकारीहरुलाई समेत समेटेर बनाइएको म्युजिक भिडियोको निर्देशन रमेश संग्रौलाले गरेका छन् भने छायांकन दिपककुमार शर्माले गरेका छन् ।