दोस्रो विश्वयुद्धमा जापानी सैनिकको यौनदासी कोरियाली महिलाहरु क्षतिपूर्तिको माग गर्दै


 

सोल : ली ओक सन अहिले ८८ वर्षकी भइन् । दक्षिणकोरियाको बुसानमा सन् १९२७ मा जन्मिएकी सन कम्फर्ट उमनको (दोस्रो विश्वयुद्धमा जापानी सेनाले विलासिताका लागि प्रयोग गरेकी महिला) रूपमा चिनिन्छिन् । तर उनी स्वयं तथा कोरियन सरकार भने कम्फर्ट वुमनभन्न त्यति रुचाउँदैनन् । दोस्रो विश्वयुद्धका बेला जापानी सेनाबाट चरम यातना पाएका र बलाकृत भएका महिलालाई जापानले कम्फर्ट उमनको संज्ञा दिएको थियो ।
कम्फर्ट भन्ने बित्तिकै आरामदायीको अर्थ लाग्छ तर अहिले चिनिएका कम्फर्ट वुमन चरम यातना भोगेर आएका हुन् । यौनशोषण, ब्यारेकमा हुने घरेलु कामलगायतमा उनीहरूको शोषण भएको भन्दै अहिले पनि दक्षिण कोरिया सरकारले जापानसँग दुःखमनाउ गर्दै आएको छ । दोस्रो विश्वयुद्धको समयमा जापानी सेनाले उनीहरूलाई अपहरण गरी बलात्कार गरेका थिए ।

 

 

सन् १९४२ मा लीलाई पहिलोपटक जापानी सेनाले बलात्कार गरे, जुन बेला उनी १५ वर्षकी मात्र थिइन् । दक्षिणकोरियाको राजधानी सोलमा अन्तर्राष्ट्रिय पत्रकारसँगको अन्तक्रियामा उनले भनिन्, ‘त्यसपछि त जापानी सेनाबाट म पटकपटक बलात्कृत भएँ ।’ अहिले न्यायका लागि लडिरहेकी छु ।अहिले वृद्धा भइसकेकी उनी कान राम्रोसँग सुन्दिनन् भने आँखासमेत प्रस्ट देख्दिनन् । तर बोलीचाहिँ प्रस्ट छ । उनी युद्धका बेला आफूजस्ता हजारौं युवतीलाई जापानी सेनाले यौनदासी बनाएको सम्झिन्छिन् । उमेरले डाँडा काटे पनि जापानी सेनाले आफूमाथि गरेको अन्यायको बदला लिएरै छाड्ने दृढ विश्वास उनमा देखिन्छ ।

 

 

लीले भनिन्, ‘युद्धको बेला भएको घटना भनेर जापानलाई माफ दिने पक्षमा म छैन । मजस्ता पीडित महिलाको सम्मानका लागि पनि जापान सरकारले क्षतिपूर्ति दिनुपर्छ ।’लीजस्ता जापानी सेनाद्वारा बलात्कृत महिलाको न्यायका लागि दक्षिणकोरिया सरकारले समेत आवाज उठाउँदै आएको छ । हालैमात्र दक्षिणकोरियाको भ्रमणमा गएको बेला जापानका प्रधानमन्त्री सिन्जु आवेलाई त्यहाँकी राष्ट्रपति पार्क गियुन हायले कम्फर्ट उमनको मुद्दा तत्काल सम्बोधन गर्न आग्रह गरेकी थिइन् ।

 

 

त्यस क्रममा राष्ट्रपति गियुनले सार्वजनिक रूपमै कम्फर्ट उमनको समस्या सम्बोधन गरी उनीहरूको सम्मानका लागि उचित क्षतिपूर्ति दिन जापानी प्रधानमन्त्रीलाई आग्रह गरेकी थिइन् ।

 

 

जबाफमा जापानी प्रधानमन्त्री आवेले कम्फर्ट उमनको मुद्दा छिट्टै टुंग्याउने आश्वासन दिएका थिए । तर जापानी सैनिकबाट यौनशोषणमा परेका कोरियाली महिलाले जापानले आफूहरूको माग छिट्टै सम्बोधन गर्ला र आफूहरूले क्षतिपूर्ति पाउँला भन्नेमा शंका व्यक्त गरेका छन् ।

 

 

जापान सरकारले ती महिलाको माग सम्बोधन गर्न ढिलो गरेको भन्दै दक्षिणकोरियाको राजधानी सोलमा रहेको जापानी दूतावासअगाडि उनीहरूले प्रत्येक साता विरोध प्रदर्शन गर्ने गरेका छन् ।

 

 

 

चीनसँगको युद्धका बेला सन् १९३२ मा पहिलोपटक सांघाईमा रहेको जापानी सेनाको ब्यारेकभित्र कम्फर्ट स्टेसन खोलिएको थियो । त्यसपछि सन् १९३७ सम्म त्यस्ता कम्फर्ट हाउसहरू च्याउसरि खोलिएका थिए ।

 

 

सांघाईमा खोलिएको कम्फर्ट हाउसमा जापानी सेनाले त्यस क्षेत्रका चिनियाँ युवतीलाई कम्फर्ट स्टेसनमा ल्याएर ब्यारेकमा हुने नियमित कामका साथै बलात्कारसमेत गर्न थाले ।

 

 

त्यसपछि सांघाईमा रहेका चिनियाँ नागरिकले जापानी सेनालाई तिरस्कार गर्न थाले । चीनबाट सुरु भएको कम्फर्ट स्टेसन दास्रो विश्वयुद्धका बेला दक्षिणकोरिया, फिलिपिन्स, इन्डोनेसिया, ताइवानलगायत मुलुकमा समेत खोलियो ।
जापानी सेनाको ब्यारेकको खाना बनाउने, सफासुग्घर गर्नेलगायत काम गर्ने युवतीलाई उनीहरूले मनोरञ्जनको साधनका रूपमा प्रयोग गरेका थिए ।जापानी सेनाले दोस्रो विश्वयुद्धताका चीन, दक्षिणकोरिया, फिलिपिन्सलगायत मुलुकका युवतीलाई ललाइफकाई कम्फर्ट स्टेसनमा लैजाने गर्थे । जापानी सेनाबाट बलात्कृत लीजस्ता ४७ जना जीवित महिला अहिले दक्षिणकोरियामा छन् ।

 

 

सम्पर्कमा आएका २ सय ३८ मध्ये अन्यको मृत्यु भइसकेको छ । दक्षिणकोरिया सरकारले उनीहरूका लागि ‘हाउस अफ सेयरिङ’ नामको संग्रहालय र छुट्टै बासस्थान निर्माण गरिदिएको छ । दक्षिणकोरिया सरकारले जापानी सेनाद्वारा बलात्कृत महिलाको जगेर्ना र उनीहरूलाई सहयोग गर्ने उद्देश्यले सन् १९९२ देखि उनीहरूको लगत संकलन गर्न थालेको थियो ।

 

 

२ हजार ३८ जना महिलाको लगत संकलन गरिएको भए पनि हाल ४७ जना मात्रै जीवित छन् । उनीहरू सबैको साझा स्वर एउटै छ, ‘जापान सरकारले सार्वजनिक माफी मागी उचित क्षतिपूर्ति दिनुपर्छ ।’

 

 

अहिले पनि दक्षिणकोरियाका नागरिकहरू त्यसबेला जापानी सेनाले गरेको व्यवहार सम्झन चाहँदैनन् । यसै कारणले दक्षिणकोरिया र जापानको सम्बन्धमा समेत केही चिसोपना कायम नै छ । दक्षिणकोरिया सरकार छिटोभन्दा छिटो समस्या सम्बोधन होस् र जापानसँगको सम्बन्ध थप सुमधुर होस् भन्ने चाहन्छ ।

 

 

दक्षिणकोरिया सरकार अहिले पनि जापान सरकारले उनीहरूलाई दिने क्षतिपूर्ति र सार्वजनिक माफीको पर्खाइमा छ । लीले भनिन्, ‘क्षतिपूर्ति दिने वाचा गरेर पनि जापान सरकारले हाम्रो मागलाई अहिलेसम्म सम्बोधन गरेको छैन ।’

 

 

आर्थिक अवस्था कमजोर भएर स्कुलसमेत जान नपाएकी ली बिचौलियाले पढाइदिने भनेपछि लोभमा परेर जापानी सेनाको दास बन्न बाध्य भएकी थिइन् । त्यस समयमा विभिन्न लोभमा पारी कयौं युवतीलाई जापानी सेनाको मनोरञ्जनका लागिलग्ने गरिएको थियो । युद्धका बेला जापानी सैनिकहरूले विभिन्न मुलुकका महिलालाई जबर्जस्ती उठाएर यौनतृष्णा मेट्न लैजाने गरेको लीले बताइन् ।

 

 

दक्षिणकोरिया लगायत चीन, फिलिपिन्स, जापानलगायत मुलुकमा अझै पनि युद्धका बेला जापानी सेनाबाट बलात्कृत सयौं महिला जापानले दिने क्षतिपूर्तिको आसमा कम्फर्ट उमनका रूपमा बसिरहेका छन्

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...