विभिन्न कार्यक्रमका विच सिन्धुलीगढीमा विजय उत्सव मनाइयो


                               बिबश थापा कात्तिक २५, सिन्धुलीगढी  – ‘स्वाभिमान हाम्रो पहिचान, सिन्धुलीगढी नेपालको शान’ भन्ने मुल नाराको साथ कात्तिक २४ गते सिन्धुलीगढी विजय उत्सव विभिन्न कार्यक्रम गरी भब्यताकोसाथ मनाईएको छ ।

 

विश्वमा आफ्नो साम्राज्य कायम गदै हिडेको अँग्रेज सेनाहरुलाई विश्वमै पहिलोपटक १८२४ मा कर्तिक २४ गतेका दिन यसै स्थानमा हार चखाएको स्मरणमा गर्दै हरेक बर्ष कात्तिक २४ का दिन विजय उत्सव मनाउने गरिएको छ । वि.सं. २०७६ सालदेखि पत्रकार महासंघ सिन्धुली शाखाले मनाउन सुरु गरेको विजय उत्सव २०६८ साल देखि पत्रकार महासंघ सिन्धुली र जिल्ला विकास समिति सिन्धुलीको संयुक्त आयोजनामा मनाउने गरिएको छ ।

 

नेपाल र नेपालीको बीरताको गाथा रच्न सफल सिन्धुलीगढीको संरक्षण र सम्वर्धनमा सम्वन्धीत निकायवाट कुनैपनि चासो नदेखाएपछि नेपाल पत्रकार महासंघ सिन्धुली शाखा तथा जिल्ला विकास समिति सिन्धुलीले विगत ६ वर्ष देखि संयुक्त रुपमा विजय उत्सव मनाउन थालिएको हो ।    नेपाली वीरपुर्खाहरुले साम्राज्यबादी व्रिटीस अंग्रेज शेनाहरुलाई परास्त गर्दै विजय हाँसिल गरेको दिनको स्मरण गर्दै ऐतिहासिक किल्ला सिन्धुलीगढीमा नेपाली झण्डोत्लन गर्नुका साथै नेपाली शेनाद्धार सलामी दिइने गरिन्छ । विसं १८२४ कात्तिक २४ नेपाली फौजको नेतृत्व श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङ गर्दै अंग्रेज फौजलाइ सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहासमा उल्लेख भएको सिन्धुलीगढीका अन्वेषणकर्ताहरुको भनाई छ ।

 

मंगलबार सिन्धुलीगढीमा भएको विजय उत्सवको सम्बोधन गर्दै कृषि मन्त्रि हरिबोल गजुरेलले त्यस समयमा ब्रिटिसले कब्जा गरेको भए आज नेपाली भनेर गौरब गर्ने ठाउँ नहुने बताए । गजुरेलले सिन्धुलीगढी विजय उत्सव राष्ट्रिय स्तरको मनाउनुपर्ने अवस्थामा सिन्धुली जिल्लाबाट पनि प्रभावकारी रुपमा मनाउन नसकिएको बताए । सिन्धुलीगढीको महत्वलाई ठिक ढंगले बुझाउन नसक्दा राष्ट्रिय स्तरको पर्व हुन नसकेको उनको भनाई छ । आफुले सिन्धुलीगढी विजय उत्सवलाई राष्ट्रिय स्तरका दिवस बनाउनको लागि पहल गर्नेमा गजुरेलले जोड दिए । ‘‘अहिले पनि स्वाभिमानको लडाई सकिएको छैन्’, उनले भने भारतले नेपालीलाई दबाएर राख्नको लागि आज नाकाबन्दी गरिरहेको छ । तर नेपाली राजनीतिक पार्टी र नेपाली जनता एक भए कसैले के गर्न सक्दैनन् ।’

 

सिन्धुली क्षेत्र नम्बर २ का सांसद मोहन प्रसाद बरालले पत्रकार महासंघ र जिल्ला विकासले मात्र विजय उत्सव मनाएर गढीको विकास नहुने बताए । सिन्धुलीगढीको विकासको लागि जिल्ला देखि केन्द्रसम्म लागिपर्नुपर्ने उनको भनाई छ । सिन्धुलीगढीको विकास गर्न सके मात्र पनि सिन्धुलीको आम्दानीको गतिलो माध्यम बन्ने उनले बताए ।

 

सिन्धुली क्षेत्र नम्बर १ का सांसद गणेश पहाडीले सिन्धुलीगढीको मास्टर प्लान बनाएर काम गर्यो भने मात्र विकास हुने बताए । सिन्धुलीगढीका पुराना ऐतिहासिक संरचना सबै भत्किसकिएको र नयाँ बनाएका पनि भत्किदै गएको अवस्थामा गढीमा प्रहरी पोष्ट राख्नुपर्नेमा उनले जोड दिए । सिन्धुलीगढीको विकासको लागि आफुले सकेको पहल गर्ने बताउँदै पहाडीले गढीको सुरक्षाको लागि प्रहरी पोष्ट चाहिँ तत्काल राख्नुपर्ने बताए । मंगलबार सिन्धुलीगढी स्थित ठुलो गढी परिसरमा झण्डोतोलन समेत गरिएको छ भने नेपाली सेनाले सलामी दिएका छन् । कार्यक्रममा लोपउन्मुख खैजडी भजन, पन्चे बाजा लगाएत राष्ट्रभावका गितमा नृत्य पनि प्रस्तुत गरिएको थियो भनी क्लिक सिन्धुलीले डट कमले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...