विश्व आप्रवासी फिल्म महोत्सवमा ३ नेपाली फिल्म सहभागि


सोल –एमडब्लु टिभीले आयोजना गरेको ९ औं आप्रवासी फिल्म प्रदर्शनीमा नेपालका ३ वटा फिल्म प्रदर्शन हुने भएका छन् ।सन २०१४ मा काठमाण्डौंमा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा अवार्ड जित्न सफल छोटा फिल्महरु सुनकली,पुन्टेको पांग्रो र पवन रहेका छन् ।

 

आगामी अक्टोबर १६ बाट शुरु हुने ३ दिने विश्व आप्रवासी फिल्म महोत्सवमा विभिन्न राष्ट्रका आप्रवासी सम्बन्धी २५ वटा भन्दा बढी फिल्म प्रर्दशनी हुदैंछ ।यस बर्षको ९ औ माईग्रेन्ट फिल्म फेस्टीभल यहि अक्टोबर १६ देखि १८ तारिख सम्म सिओलको आनाम दोङ्ग स्थित रहेको कोरिया युनिभर्सिटीको केयु सिनेमाटे्रपमा हुने भएको छ ।

 

 

सोही महोत्सवमा इपिएसमार्फत कोरिया आई पत्रकारिता गर्दै आएका सञ्चारकर्मी गायक ऐश्वर्य श्रेष्ठको गीत  “दोन मान्ही फर”को म्युजिक भिडियो समेत प्रर्दशन हुने एम डब्लु टिभिका सदस्य डम्बर सुब्बाले बताए । सो गीतका म्युजिक भिडियो निर्देशक तथा सम्पादक समेत रहेका सुब्बाले यो गीतमा ईपीएस मार्फत कोरिया आई काम गरि रहेको श्रमिकहरुको कथा, व्यथालाई समेटेर कोरियन र नेपाली भाषामा मिश्रित “दोन मान्ही फर” गीतको म्युजिक भिडियो कोरियामा नेपालीहरुले भोगीरहेको वास्तविक पिडालाई कथावस्तुलाई उतार्ने काम गरिएको बताए ।

 

फिल्म फेस्टिबलको अन्तिम दिन अर्थात १८ तारिख बिकट गांउका बालिकाहरुको फुटबल टोलीले देखाएको चमत्कारी खेलसंग आधारित फिल्म सुनकली, स्वामित्व तथा हेरविचारको विषयमा अधिकत विवादको माध्यमबाट बढदै गरेको उपत्यकावासी गरिब बालकको कथामा आधारित फिल्म पुन्टेको पांग्रो र नेपाल छाडेर विदेशी जीवन देखि शुरु भएको एक परिवारको कहानीसंग आधारित फिल्म पवन रहेको छ र ऐश्वर्य श्रेष्ठ” दोन मान्ही फर”को म्युजिक भिडियो प्रदर्शन हुनेछ ।

 

 

आप्रवसाीहरुको आवाजलाई चलचित्रमार्फत कोरिया लगायत विश्वमा पुरयाउने उद्देश्यले हरेक बर्ष एम डब्लु टिभिले फिल्म फेस्टिबलको आयोजना गर्दैं आएको एमडब्लु टिभीका अध्यक्ष पार्क सु हयनले जानकारी दिए ।

 

विस्तृत जानकारी

मिति :२०१५अक्टोबर १८ तारिख आईतबार

समय : दिनको १ बजे

स्थान : कोरिया युनिभर्सिटीको केयु सिनेमाटरेप Train लाईन ६ नम्बरको आनाम स्टेशनको २ नम्बर गेट

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...