कोरियाको फेन्थेक शहरमा दशै पर्ब स्वागत सगै बिबिध सास्कृतिक कार्यक्रम हुने


 
प्रदीप पंगेनी
सोल – २०७२ सालको विजयादशमी अर्थात् बडादशैँ भव्यताकासाथ मनाउन दक्षिण कोरियामा पनि विभिन्न स्थानहरुमा नेपालीहरु जुटिरहेको बेला फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (माईग्रेट सेन्टर) नेपाली समुदायले पनि आगामी अक्टोबर १८ तारिख आईतबार सो सेन्टरको आफ्नै भवनमा दशैँ स्वागत सगै बिबिध सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ |

 

 

प्रबाशी भूमिमा रहेता पनि नेपालीहरुमा एकआपसमा आत्मियता साट्दै नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजना हुन गैरहेको उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा जमरा ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु रहनुका साथै नेपाली परिकारका खानाको प्रबन्ध गरिएको सेन्टरका नेपाली कमिटीका अध्यक्ष कृष्ण पुरी ले बताएका छन् ।नेपाली सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको सो कार्यक्रममा कोरियाको स्थानीय कलाकारहरुको प्रस्तुति रहने फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र सांस्कृतिक विभागका गौरभ न्यौपानेले जानाकारी दिएका छन ।

 
कोरियामा २००५ को स्थापना कालदेखि नै बहुसंख्यक नेपालीहरूको साझा सस्थाको रूपमा बिकसित फेन्तेक माईग्रेट सेन्टरमा हाल उल्लेख्य नेपालीहरू एकजुट हुदै आईरहेका छन् ।यस संस्थाले आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सहयोग तथा परामर्श दिदै आएको छ।

 
समितीले कार्यक्रमलाई सफल रुपमा भव्यताका साथ सम्पन्न गर्न सरल ब्यबस्थापन गर्दै भरपुर मनोरंजन दिलाउन समितिका बरिस्ठ उपाध्यक्ष प्रबिण गिरीको सयोजकत्वमा बिभिन्न उपसमिती हरु गठनगरी तयारी अगाडी बढिरहेको छ l आयोजकले सम्पूर्ण कार्यक्रमको तयारी पुरा भएको जानकारी गराउदै उक्त दिन बिशेष अतिथिहरुको आतिथ्यमा निबर्तमान कार्यसमितिहरु, बिशेष सहयोगीहरुको सम्मान साथै कोरियामा रहेर नेपालीहरुको हितमा सामाजिक कार्य गर्नुभएका पत्रकार मिन प्रकाश उप्रेतीलाई पनि बिदाई गरिने भएको छ l कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा सम्पूर्ण महानुभावहरुलाई समयमै उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागी अनुरोध गरिएको छ।

 
कार्यक्रम तालिका :-मिती: २०१५ -अक्टोबर १८ तारिक आईतबार l
समय: मध्यान्ह ठिक १२ बजे देखी
कार्यक्रम प्रथम चरण :- दशैँ स्वागत शुभकामना आदानप्रदान ,सम्मान तथा बिदाई
दोश्रो चरण:- टिका ग्रहण ,सास्कृतिक रमझम साथमा नेपाली भोजन
स्थान :फेन्थेक माईग्रेंट सेन्टरको भवन( फेन्थेक यगबाट ५०० मिटर भित्र )-उरी बैंक को सिधा आगाडि ]
सम्पर्क :- कृष्ण पुरी : -[010-59311934] -प्रविण गिरी :- [010-25110286] -राजु खड्का – 010-25926623
आयोजक -फेन्तेक प्रबाशी मजदुर सहयोग केन्द्र ( नेपाली समिती , फेन्तेक दक्षिण कोरिया )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...