विदेशमा बस्ने नेपालीका लागि रेमिट हाइड्रोको शेयर आउदै


काठमाडौँ – विदेशमा बस्ने नेपालीले शेयर लगानी गर्न पाउने गरी स्थापना गरिएको रेमिट हाइड्रो लिमिटेडले वैधानिकता प्राप्त गरेपछि आयोजना छनौटको चरण शुरु भएको छ । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को सहायक कम्पनीको रुपमा रेमिट हाइड्रोले १२५ देखि १३० मेगावाट क्षमताको जलविद्युत आयोजनामा २० अर्ब रुपैयाँ सम्म लगानी गर्ने योजना बनाएको छ ।
जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले रेमिट हाइड्रो लिमिटेड कम्पनीको स्थापना गरिएको र एचआईडीसीएलकै बोर्डले रेमिट हाइड्रोको अन्तरिम संचालक समितिको रुपमा काम थालेको बताए । उनले रेमिट हाइड्रो मार्फत निमार्ण गरिने आयोजना छनौट अन्तिम चरणमा रहेको जानकारी दिए । तर रौनियारले रेमिट हाईड्रोले लगानी गर्ने आयोजना बारे खुलाउन चाहेनन , उनले १२५ देखि १३० मेगावाटको आयोजना १९ देखि २० अर्ब रुपैयाँको लगानीमा निमार्ण गर्ने योजनामा रहेको बताए ।
 
 
पूर्वी नेपालको ताप्लेजुङको थिङवा र घुम्सा खोलामा १ सय ३० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न ‘रेमिट हाइड्रो’ योजनामार्फत विदेशमा रहेका नेपालीहरुको लगानीमा निमार्ण गर्ने बताउदै आएको छ । रेमिट हाइड्रो मार्फत निमार्ण हुने आयोजनामा ५१ प्रतिशत एचआईडीसीएल, २४ प्रतिशत रेमिट्यान्स होल्डस ( विदेशमा बस्ने नेपाली र उनका परिवार ) , १० प्रतिशत स्थानीय बासिन्दा, १५ प्रतिशत सर्वसाधारणलाई सेयर दिने भएको छ । स्थानीय बासिन्दा र सर्वसाधरणलाई दिने सेयरमा ५० प्रतिशत हिस्सा महिलाहरुलाई दिईने पनि रौनियारले बताए ।
 
 
यो आयोजनामा लगानी गर्नेले पेन्सन जस्तै बाँचुञ्जेल आकर्षक प्रतिफल पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले बताए ।
‘यो योजनामा किस्ताबन्दीमा रकम जम्मा गर्न सकिने छ र कम्पनीले आजीबन आकर्षक प्रतिफल दिनेछ,’ रौनियारले भने । रौनियारका अनुसार यो योजनामा सहभागि हुन नेपालमा बैंक खाता हुनुपर्नेछ । श्रमिकहरुले आफूले कमाएको रकम थोरै थोरै गरेर मासिकरुपमा खातामा जम्मा गरी कम्पनीमा सेयर लगानी गर्न पाउने छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...