विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ कोरियाले आयोजना गरेको विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक मे १८ तारिख आइतवार साँझ ९:३० बजे जुम भर्जुअल कार्यक्रम मार्फत नतिजा प्रकाशन गरिने संयोजक शुभराज बोम्जनले जानकारी गराएका छन्।
प्रतियोगितामा प्रथम हुनेले ५ लाख वन द्वितिय हुनेले ३ लाख वन र तेस्रो हुनेले २ लाख वन प्राप्त गर्नेछन भने ३ जना सान्त्वना हुनेले १/१ लाख वन प्राप्त गर्नेछन्।
केहि महिना अघिदेखि विश्वभरबाट कविता संकलन गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा कवि तथा साहित्यकार राजन मुकारुङ, कवि बिना थिङ र कवि विमला तुम्खेवा रहेका थिए।
नतिजा सार्वजनिक कार्यक्रममा कविता प्रतियोगितामा सहभागी जनाउने सबै प्रतियोगि र साहित्यप्रेमीहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ।