उदयपुर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश कुमार राई
उदयपुर सेवा समाज दक्षिण कोरिया’को तेस्रो अधिवेशन सम्पन्न भएको छ। कोरियाको राजधानी सउलमा आईतबार सम्पन्न विशेष अधिवेशनले उमेशकुमार राई अध्यक्ष रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, उपाध्यक्षद्धय नवराज कार्की र उमेश बस्नेत चयन भएका छन् । त्यस्तै महासचिवको जिम्मेवारीमा भने जितन राई चयन भएका छन् । सचिव मोहन दनुवार, कोषाध्यक्ष समर्पण मगर र सहकोषाध्यक्षको जिम्मेवारी पवन राईले पाएका छन् ।
त्यस्तै सदस्यहरु सन्तोष राई, साजन राई, आशिष मगर, नवराज दाहाल, रमेश कार्की, गोपिकृष्ण राई, अनिष थापा, मिलन राई, कमल राई, सुरज किराँती, तिलक मगर, रमेश खड्का र मनकुमार राई सदस्यमा छनोट भएको महासचिव जितनले जानकारी दिए । त्यस्तै ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । जसमा कमानसिंह राई, कनक राई, निकेश आले, संजीव राई, गगन राई, मधुकर राई र चित्रकुमार बस्नेत रहेका छन् ।