Monday, November 11th, 2024
“स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
गुरुङ जातिको सर्वोच्च संस्था तमू धीं दक्षिण कोरियाले रजत जयन्ति समापन समारोह सम्पन्न गरेको छ। नोभेम्बर १० तारिख सौल स्थित जिन्ह्यङ भवनको हलमा भव्य कार्यक्रमका वीच रजत जयन्तीको समापन गरिएको थियो। रजत जयतीको अवसरमा संस्थाले “रजत जयन्ती स्मारिका २०२४ ” पनि प्रकाशन गरेको छ। प्रमुख अतिथी अन्तराष्ट्रीय तमू परिषद (ITC) का संस्थापक अध्यक्ष रेशम गुरुङद्वारा उक्त पुस्तक विमोचन गरिएको थियो। पुस्तकमा गौरवशाली संस्था तमू धींको स्थापना कालदेखी आजसम्मको गतिविधिहरुलाई समेट्ने प्रयास गरिएको स्मारिका प्रकाशन समितिका संयोजक भीम गुरुङले जानकारी गराएका थिए। साथै आगामी ल्होसारमा सबैलाई पुस्तक वितरण गरिने पनि अवगतफुर्सदमा
पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
पूर्वी नेपाल समाजले सलनाल २०२५ को लागि कार्यक्रम बाँडफाँड गरेको छ। नोभेबर १० तारिख आफ्नै सभाहलमा बसेको बैठकले कार्यक्रम बाँडफाँड गरेको हो। जस अन्तर्गत सलनालमा ३ संस्थाले कार्यक्रम आयोजना गर्दैछ। सलनालको पहिलो दिन जनवरी २८ तारिख भोजपुर परिवारले डान्स पार्टी गर्ने अनुमति पाएको छ भने २९ तारिख खोटाङ सेवा समाजले सांगीतिक कार्यक्रम गर्ने तय भएको छ। यसैगरी सोहि दिन साँझ ओखलढुंगा सेवा समाजले पनि डान्सपार्टी आयोजना गर्ने अनुमति पाएको छ। बैठकमा पूर्वी नेपाल समाजले आयोजना गरेको शुभकामना आदानप्रदान एवम देउसी भैलो कार्यक्रमको समिक्षा पनि गरिएको थियो। गत हप्ता नेपाली थाइकोफुर्सदमा