जेजुमा दुई दिन


बाला राई

कोरियाको मानव संसाधन विकास सेवा HRD कोरियाले भाषा अनुवादक तथा परामर्शदाताहरुको लागि आयोजना गरेको ‘EPS समर्थक रोजगार योग्यता सुदृढीकरण कार्यशाला २०२३’ यो पटक कोरियाको मुख्य पर्यटकिय स्थल जेजु टापूमा सम्पन्न भयो । म पनि HRD कोरिया ख्यङनाम शाखामा भाषा अनुवादक तथा परामर्शदाताको रुपमा काम गर्दै आएकोले उक्त प्रशिक्षणमा सहभागीता जनाउने अवसर मिलेको थियो ।

म २०१३ मा परिवारसहित जेजु टाँपू घुम्न गएको थिएँ। त्यो बेला जेजु टाँपूको भौगोलिक परिवेश, ऐतिहासिक स्थलहरु, साँस्कृतिक सम्पदा र प्राकृतिक परिदृश्यहरुसँग रमाएकी थिएँ । यो पटकको यात्रा भने घुम्न नभएर सेमिनारमा भाग लिनको लागि थियो । त्यसैले बौद्धिक ज्ञान, सिकाइ, बुझाइ र विभिन्न मुलुकको प्रतिनिधिहरुसँगको रोमाञ्चक भेटघाटपूर्ण समय रह्यो ।

गत अप्रिल २५ देखि २७ सम्म कोरियाभरका HRD कोरियासँग सम्वन्धित भाषा अनुवादक तथा परामर्शदाताहरुलाई दुई समुहमा विभाजन गरेर प्रशिक्षण दिइएको थियो । देजन, ख्वाङजु, थेगु एरियाका पहिलो समूह २५ देखि २६ बिहानसम्म र सउल, ख्यङगी, बुसान एरियाका दोस्रो समूह २६ देखि २७ बिहानसम्म गरेर दिइएको उक्त प्रशिक्षण कार्यक्रममा ख्यङनाम शाखाबाट सात जनाको समूह २५ तारिख बिहानै बुसान एअरबाट जेजुदोतिर प्रस्थान गरेका थियौं। कोरियाको विभिन्न स्थानबाट आएका सहभागीहरु बिहानको ११ बजेसम्म जेजु एअरपोर्टमा भेला भएर टुरिष्ट बस चढेर कार्यक्रमस्थलतिर लाग्यौं ।

“आहा! जेजु टाँपूमा पनि पाइला राखियो”, व्यस्तताका बावजूद पनि उक्त कार्यक्रममा सहभागिता जनाउन पुगेकी साङमो रोमाञ्चित मुद्रामा भन्दै थिइन्। “यो पटक घुम्ने टाइम नभए पनि जेजुदो पुगें भन्ने त भयो अब पछि परिवारसहित घुम्न आउनुपर्ला,“ उनले जेजुदो मोह ओकल्दै थिइन्।

करिव आधा घण्टापछि हामी समुद्रको छेउमा रहेको होटल UTOP UBLESS मा पुग्यौं । दिनको खाना खाएपछि ५ बजेसम्म वैदेशिक रोजगार सहायता परियोजनाका लागि EPS समर्थकहरुको महत्व र भूमिका, रोजगार अनुमति प्रणाली परामर्श मामला जस्ता विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहभागी जनाउने मध्ये बुसानबाट आएका कुमारी, दुर्गा, उल्सानबाट आएका लोकेन र सुवनबाट आएका संजय गुरुङसँग हाम्रो पहिलो औपचारिक भेटघाट भएको थियो । हामी नेपालीमा कुरा गरेको सुनेर ख्यङगिदो साइडबाट आउनुभएकी एकजना कोरियन दिदी हामी नजिक आएर बोल्नु भयो । नेपालमा तीन बर्ष बसेर आउनुभएकी उहाँ राम्रो नेपाली बोल्ने भएकोले कोरियामा नेपाली भाषा अनुवादकको रुपमा काम गर्नुहुने रहेछ । “म नेपाली भाषा बोल्छु तर लेख्न चाहीँ सक्दिन”, उहाँ सुनाउदै हुनुहुथ्यो ।

पहिलो दिनको प्रशिक्षण सकिएपछि हामी साँझ पख नजिकै रहेको समूद्र वरिपरि घुम्न निस्कियौं । अघिल्लो दिनभरी पानी परेर उघ्रिएको दिन थियो। खुल्ला आकाश, निलो समूद्रमा सेतै छालहरु छछल्किरहेका थिए । हावाको झोंकासँगै लहराइरहेको समूद्रका छालहरुसँग हामी फोटो खिच्दै रमाइरहेका थियौं ।

“हिजो आउने टोलीहरु पानी परेर घुम्न पनि पाएनन् होला, धन्न आज घाम लाग्यो”, कुमारी भन्दै थिइन् । “त्यै त मलाई त गिता दिदी र सुभद्रासँग भेट्न पाइएला कि भन्ने थियो भेट्नै पाइएन,  मैंले भनें । “मैंले शशीलार्ई चाहीँ भेटें । हामी पस्दै गरेको, उनीहरु निस्कदै गरेको”, दुर्गाले थपिन्। हामी बेलुकीको खाना खाएर केहीबेर समुद्रको किनारा हुँदै रात्रीको दृश्यलाई अवलोकन गर्न निस्कियौं । तर समुद्रबाट बहेर आएको चिसो हावाको सिरेटोले कक्र्याउन थालेपछि हामी फर्कियौं । “मेरो छोरीले म यता आउनु अघि नै जेजुदोमा जाडो छ न्यानो कपडा लगाउनु है आमा भन्दै थियो हो रछ कति जाडो”, साङमोले भनिन् । हामी बाटैमा रहेको एउटा गिफ्ट पसलमा पस्यौं । केही सामानहरु किनेर फर्कियौं । बसन्त ऋतु भएपनि जेजुदोको कठाङग्रिने जाडोले हिउद ऋतुकै याद दिलाइरहेको थियो । जाडोले मुटु कामीरहेपनि मन भने हर्षले पुल्लकित भइरहेको थियो ।

“म त आज साँङलोबाट फुत्किएको कुकुर जस्तै भएको छु स्वतन्त्र”, मेरो कुरामा सही थप्दै साङमोले थपिन्, “हो दिदीको फिलिङ्स म बुझ्छु, आज तपाई धेरै खुशी हुनुहुन्छ।“ हाम्रो कुरा सुनेर सँगै रहेकी कम्बोडिएनले “के भनेको” भनेर सोधिन् । दुर्गाले उसलाई ब्याख्या गरिदिइन् । धेरै वर्ष पछि म यसरी स्वतन्त्र भएर टाढा कुनै सेमिनारमा सहभागी भएको थिएँ । मलाई नेपालमा हुँदाको याद आयो। पत्रकारिता गर्ने क्रममा धेरै सेमिनारहरुमा सहभागी हुन्थें, कसैसँग अनुमति माग्नुपर्दैन थियो । आफ्नो मनको मालिक आफैं । अहिले पारिवारिक वन्धनमा बाँधिएको छु । मनले चाहे पनि हजार बार सोच्नुपर्ने आफ्नो निर्णयले मात्र नहुने अरुको अनुमति पर्खिनुपर्ने ।

जेजु कोरियाको एउटा ठुलो टापू हो । यो पर्यटकिय स्थलको रुपमा धेरै प्रख्यात छ । जेजुदोको तीनबटा विशेषता छन् हावा, महिला र घोडा । चारैतिर ठुलो समुद्र भएकोले बाह्रैमास हावा चलिरहन्छ । अनि जेजुका महिलाहरु उहिले समुद्रको गहिराइमा पुगेर समुद्री किराहरु निकाल्ने पेशा नै भएकोले महिलाको विशेष भूमिका रहेको छ । त्यसैले जेजुदोमा जताततै महिलाका मुर्ति देख्न सकिन्छ । अनि घोडाचढी पनि त्यहाँको मुख्य आकर्षण रहेको छ । प्राकृतिक सुन्दरता, ऐतिहासिक धरातल र मौलिक परम्परा रहेको जेजु टाँपू घुम्न जाने स्वदेशी र विदेशी पर्यटकको हरेक दिन त्यत्तिकै घुइचो लागेको देखिन्छ ।

दोस्रो दिन बिहानको खाजा पछि दोभाषे र अनुवादकहरुको लागि आधारभूत प्रशिक्षण सुरु भयो । दिनको खाना खाएर हामी दिउँसो एअरपोर्टको लागि निस्कियौं । अरु साथीहरुको रातीको र केहीको अर्को दिनको फ्लाइट भएकोले जेजु घुम्नतिर निस्किए । प्रायः बहुसाँस्कृतिक परिवार केन्द्र (धामुन्ह्वा सेन्टर)को कार्यक्रमहरुमा भेट भइराख्ने इन्डोनेसियाका साथी इका रातीको फ्लाइट भएकोले होटेलबाटै ट्याक्सी लिएर जेजुदो घुम्न निस्किइन् । साङमो, म र HRDख्यङनाम शाखाको विभाग प्रबन्धक छे छाङमिन भने दिनको ३ बजे बुसान एअर चढेर किम्हेतिर उड्यौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...