कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने


राम बहादुर तामाङ, कोरिया

स्थापनाकाल देखि कोरियामा नेपालीहरु बीच बुद्ध जयन्तीको अवसर पारेर फुटसल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८० साल तथा बुद्ध जयन्तीको अवसरमा मे २८ तारिखमा चौथो बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ।

부처님은 네팔에서 태어났습니다. (Buddha Was Born In Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उद्धेश्य र विदेशी भुमिलाई कर्मथलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेलप्रति रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकास गर्नेछ र नेपाली दाजुभाईहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनुभएको छ ।

गत वर्ष झैं प्रतियोगिता मर्यादित, निष्पक्ष र फुटसलको अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइने प्रतियोगिताका संयोजक तथा संस्थाका उपाध्यक्ष जिनस लामा तामाङले जानकारी दिनुभएको छ चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगितालाई सफल बनाउनुहुन लागि कोरियामा रहेको सम्पुर्ण संघसंस्थाहरु, फुटबल क्लबहरु तथा सम्पुर्ण खेलप्रेमी खेलाडीहरुलाई आयोजक संस्थाले सहभागिताका लागि अनुरोध गरेको छ । गत वर्षको तेश्रो बुद्ध जयन्ती फुटसल प्रतियोगितामा विजेता ग्रीन नेपाल एफसी भएको थियो भने उपविजेता नाम्जी एफसी रहेको थियो । कार्यक्रम बारे बिस्तृत जानकारी केहि दिन पछि प्रकाशित गरिने आयोजकले बताएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...