“प्रथम हिमालय कप फुटसल प्रतियोगिता २०२३” सम्पन्न, उपाधि फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्गलाई


हिमालय फुटबल क्लब यांगसान (उल्सान शहर) ले योजना गरेको “प्रथम हिमालय कप फुटसल प्रतियोगिता २०२३” सम्पन्न भएको छ । साथै प्रतियोगिताको उपाधि फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्गले चुम्न सफल भएको छ l “स्वास्थ्य नै खेलकुद ” भन्ने नाराको साथ आइतबार (अप्रिल २)का दिन दक्षिण कोरियाको दक्षिणी भेग यांगसान शहरम़ा भएको थियो ।

उक्त पहिलो नेपाली फुटसल प्रतियोगिताम़ा फारन युनाईटेड फुटबल क्लब रातो र फारन युनाईटेड फुटबल क्लब निलो दुवै टिम बिजेता र उप बिजेता भएको हो l

” ए ” पोलबाट सेमीफाइनलम़ा धरान फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबल क्लब “रातो ” फाइनल प्रबेश गरेको थियो। “बि ” पोलबाट भने सुवन फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबल क्लब ” निलो” ले फाइनलको लागि आफ्नो स्थान सूरक्षित गरेको थियो l

फाइनल खेलमा फारन युनाईटेड फुटबल क्लब रातोले निलोलाई पराजित गरि बिजेता बने।

उक्त प्रतियोगितामा आयोजक सहित २६ फुटबल टिम सहभागी रहेको थियो । उक्त फुटसल प्रतियोगिताम़ा बिजेता र उप बिजेता फारन युनाईटेड फुटबल क्लबले 30 लाख वान र 20 लाख वान सहित ट्रफि मेडल र प्रमाण पत्र हासिल गरेको थियो l

सर्बोकृष्ट गोलकिपर र उच्च गोलकर्ताको उपाधि पनि फारन युनाईटेड फुटबल क्लबकै दावा डुक्पा शेर्पा, किशोर योङ्गहांग र आशिष परियारले लिन सफल भयो l उत्कृष्ट खेलाडीहरुलाई जनही 1/1 लाख वान सहित पुरस्कृत गरिएको थियो l

समापन समारोहम़ा प्रमुख अथिति यांगसान शहर बैदेशिक सहायता केन्द्रका प्रमुख यू ख्यंग हे, बिशेष अतिथि नेपाल फुटबल महासंघ कोरियाका उपाध्यक्ष फिलिप गुरुङ्ग, फुटबल लेजेन्ट धनराज तामांग, नेपाल पत्रकार महासंघ कोरियाका बरिष्ठ उपाध्यक्ष सन्तोस खडका तथा संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l

त्यस्तै 2023 सिजनको दोस्रो फुटसल प्रतियोगिता ” प्रथम फारन युनाईटेड एफ सी फुटसल कप “अप्रिल 30 तारिख आइतबार सुवन शहरम़ा हुने भएको छ । त्यसैले सम्पूर्ण नेपाली फुटबल क्लबहरुलाई हार्दिक निमन्त्रणा गरेको जानकारी फारन युनाईटेड एफ सी का संयोजक मदन दुलालले बताएका छन् l

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...