कोरियामा वोमन फर वोमनले भब्य रुपमा तिज मनाउने
फोनिज कोरिया संवाददाता
सोल – गत् १९ तारिकमा बसेको वोमन फर वोमनको बैठकले कोरियामा पनि महिलाहरुको महान चाड हरितालिका तीज भब्य रुपमा मनाउने निर्णय गरेको छ |
संस्थाकी अध्यक्ष मल्लिका थकालीले स्वदेश विदेश जहाँ भएपनि परम्परा देखि मनाउदै आएको तीजलाई बिगतको बर्षहरु झैँ यसपाली पनि दर खाई नाचगान गर्दै रमाईलो गरि मनाउन लागेको बताईन |
उक्त अवसरमा कोरियामा रहनु हुने सम्पूर्ण दिदी बहिनी, दाजुभाइ, सबै संघ संस्थाका प्रतिनिधिहरु , बिद्यार्थी , ब्यापारी ,पत्रकार र सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रम उपस्थित भई सफल पारिदिनु हुन संस्थाले आग्रह गरेको छ | कार्यक्रम आयोजना गरिने स्थान पछि तोकिने पनि जनाईएको छ |
पुनश्च :- उक्त दिन कुनै पनि संघ संस्थाले कार्यक्रम नजुधाई दिनु हुन पनि संस्थाले आग्रह गरेको छ l