Advertisement
SKIP THIS

कोरियन एयरले आउँदो अगस्ट महिनादेखि नेपालमा नियमित उडान गर्ने


कोरियन एयरले अगस्ट महिनादेखि सोल-काठमाडौं नियमित उडान गर्ने भएको छ । प्रत्येक सोमबार र बुधबार उडान गर्ने एयरले जनाएको छ । कोरोना महामारीका कारण रोकिएको उडान दुई वर्ष पछि पुनः सुरु हुन लागेको हो ।

नियमित उडान भएसँगै लामो समयदेखि कोरिया आउन प्रतिक्षारत युवाहरु सहजै रोजगारका लागि यहाँ आउन पाउने छन् । साथै कोरियामा रहेका नेपालीले पनि अन्य एयर मार्फत नेपाल जान र कोरिया आउन ट्रान्जिटको झन्झटिलो व्यहोरिरहेका थिए । अब ट्रान्जिटको बाध्यता हट्ने छ । साथै उडान रद्द भइरहने समस्या पनि भोग्नु पर्ने छैन ।

चर्को कामदार अभाव खेपिरहेको कोरियाले कोरोना महामारी पछि सबै क्षेत्रको जनजीवनलाई सामान्य बनाउने नीति अपनाएको छ । सोही नीति अन्तर्गत कोरियाली राष्ट्रिय ध्वजावाहक कोरियन एयरले विभिन्न देशसँग रोकिएको उडानहरु नियमित गर्न लागेको हो । यसअघि नै धेरै देशसँग नियमित उडान गरे पनि नेपालमा भने अगस्ट महिनादेखि उडान गर्ने भएको हो ।

महामारी पछि कोरियन एयरले चार्टर उडानको मार्फत काठमाडौ उडान गर्दै आएको थियो । यसरी गरिएको उडानमा यात्रुहरुले एकतर्फी उडान गर्दा सस्तोमा १० लाख ९० हजार वन दुई तर्फी उडान भर्ने यात्रुले १९ लाख वन तिर्दै आएका थिए । चर्को शुल्क तिरे पनि कहिले उडान रद्द हुने र कहिले उडान तालिका परिवर्तन भइरहने समस्या भोग्दै आएका थिए ।

कोरोना संक्रमणकाल भन्दा पहिले एकातर्फी उडानका लागि ६ लाख ८० हजार वन दुई तर्फी उडान गर्ने यात्रुले ८ लाख ६० हजार मात्रै यात्रुले तिरे पनि इकोनोमी क्लासको टिकट पाइन्थ्यो ।

कोरियन एयरले नियमित उडान गर्ने भए शुल्क केही कम हुने भए पनि पहिलेकै शुल्क भन्दा बढि नै मूल्य तोकिएको छ । अगस्ट महिनाको लागि भनेर कोरियन एयरले एकतर्फी उडानका लागि ईकोनोमी क्सासको टिकट सबै भन्दा सस्तो ९ लाख वन तोकेको छ भने दुई तर्फी उडानका लागि १६ लाख वन लाग्ने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...