कोरियामा रहेकी बिरामी सञ्जु थापाले पाईन् स्याङ्जा परिवारबाट आर्थिक सहयोग


बोम्जन गुरुङ
१२ नोभेम्बर २०२१, सउल कोरिया ।

स्याङ्जा जिल्ला जन्मघर भई (हाल नवपरासी) रोजगारीको सिलसिलामा कोरिया आएका सञ्जु थापाको स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्याङ्जा परिवार दक्षिण कोरियाको पहलमा संकलित १०,७२,५०८/- कोरियन वोन (एक लाख नेपाली रुपैंया भन्दा बढि) बिरामीलाई हस्तान्तरण गरिएको छ । थापा Face Paralysis भएर सउलस्थित गुब्यनदारी साराङ प्लस अस्पतालमा भर्ना भएकी थिईन् ।

उपचार धेरै खर्च महङ्गो भएकोले उनकै अनुरोध बमोजिम स्याङ्जा परिवारले आर्थिक सहयोगको अपिल गर्दै विज्ञप्ति सार्वजनिक गरेको थियो । संस्थागत पहलमा संकलित सबै रकम बिरामीकै खातामा जम्मा गरिसकिएको स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष विजय थापाले बताए । जारी विज्ञप्तिमा अवधि अनुरुप अभियान बन्द गरिएको र सहयोगीहरुको विवरण संस्थासँग सुरक्षित रहेको केन्द्रीय सचिव माधव अर्यालले बताए ।

सहयोगमा जुट्नुहुने सबै मनकारी व्यक्ति र संस्थाप्रति आभार प्रकट गर्दै पछिल्लो समय अस्पताल डिस्चार्ज भएपनि दिनहुँ आँखाको थेरापी गराईरहेकी र स्वास्थ्य सुधारोन्मुख रहेको बिरामी थापाले जानकारी दिएकी छिन् । प्रवास बसाईको क्रममा संस्थागत अपिल र अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने तमाम मनकारी व्यक्तित्वहरुलाई स्याङ्जा परिवार दक्षिण कोरियाले धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...