Advertisement
SKIP THIS

बाढी तथा पहिरोपिडित मेलम्ची बसीलाई बर्गर हाउसको सहयोग


बर्गर हाउस टिमले मेलम्ची बाढी तथा पहिरो पीडितलाई करिव एघार लाख बराबरको खाद्यान्न सामाग्री सहयोग गरेकोछ ।

अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा गएको बाढी पहिरोले ठुलो भौतिक र मानविय क्षेती पुगेको छ । मेलम्ची बजारको सयौ घरहरु डुबानमा परेको छ भने त्यस आसपासका हेलम्बु चनौटे तिर पनि ठुलो असर पुर्याएको छ।यस प्राकृतिक बिपत्तिले हजारौं जनताहरु घरवारविहीन हुनुका साथै त्यस क्षेत्रमा खान, बस्न, लत्ताकपडा र स्वास्थ्य सामाग्रीको पनि अभाव देखिएको छ।

साँझ पख आएको बाढि पहिरोका कारण धेरैले आफ्नो र परिवारको ज्यान जोगाउन सफल भए भने कतिपयलाई नेपाली सेनाको उद्दार टोलिले उद्दार गरेर बचाएका थिए ।घरमा रहेको अत्यावश्यक सामाग्रीहरु समेत निकाल्न भयाएनन् । अहिले त्यस क्षेत्रका पीडित जनतालाई विभिन्न सामाजिक संघ संस्था, समाजसेवी तथा सामाजिक अभियान्ताहरुले अत्यावश्यक पर्ने विभिन्न खाद्यान्न सामाग्री , लत्ताकपडा तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरिरहेका छन् ।

यस्तो प्राकृतिक प्रकोपको पिडामा रहेकाहरुको दु:ख बेदना प्रती सहानुभूति प्रदान गर्न र सिन्धुपाल्चोकबासिको दुखेको घाउमा महलम लगाउन राहत स्वरुप “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन” का संस्थापक वसन्त लामाको संयोजन तथा नेतृत्वमा करिव एघार लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु पिडितलाई हस्तान्तरण गरिएको छ ।

“द बर्गर हाउस टिम”ले मेलम्चीका स्थानीयबासी लाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको अभियानका संयोजक वसन्त लामाले जानकारी दिएका हुन ।

अब दोश्रो चरणको करिब ५-६ लाख बराबरको राहत सामग्री सहयोग भोलि (असार – ५) हेलम्बुमा रहेका पीडितहरुको लागि हस्तान्तरण गर्ने तयारी रहेको पनि संस्थापक लामाले बताएका छन ।

‘बाढी पहिरोबाट त्यस क्षेत्रका धेरै व्यक्तिहरू प्रभावित भएको सुन्ने बित्तिकै आफुले फेसबुकपेजबाट यो अभियान चलाएका र यस अभियानलाई धेरै सहयोगी व्यक्तिहरुले साथ दिनु भएकोमा सम्पुर्ण सहयोगदाताहरु प्रति आभार प्रकट गर्दछु ।’ लामले भने

लामाको नेतृत्वमा ३०० बोरा चामाल, ७० वटा ग्यास, २०० किलोग्राम नुन, २०० लिटर खाने तेल लगाएत विभिन्न खाद्यान्न सामाग्री तथा माक्स, सेनिटाइजर, फेस सिल्ड,पन्जा जस्ता स्वास्थ्य सामाग्री लगिएको छ । सफल युवा व्यवसायी तथा समाजसेवी लामाले यसअघि पनि विभिन्न समस्या र अफ्ठ्यारोमा परेका धेरै व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गर्दै आएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...