Advertisement
SKIP THIS

वालिङ नगरपालिकालाई कोरियाबाट सवा चार लाख रुपैंया सहयोग ।


बोम्जन गुरुङ
२६ मे २०२१ कोरिया ।

स्याङ्जा जिल्लाबाट दक्षिण कोरिया आएका वालिङ नगरपालिका भित्रका एक युवा समूहले आफ्नो नगरपालिकालाई झण्डै सवा चार लाख रुपैंया अर्थात चार लाख तेईस हजार सात सय अन्ठानब्बे रुपैंया सहयोग गरेको छ । वर्तमान कोरोनाको फैंलिदो विषम परिस्थितिमा नेपालका सबैजसो स्थानहरुमा जस्तै वालिङ पनि प्रभावित भएकोले कोरोना संक्रमण नियन्त्रणमा सघाउ र बिरामीहरुको हेरचाहको निमित्त सो संकलित रकम नगरपालिकाको बिपत कोषमा जम्मा गरिएको हो ।

कोरियामा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको अगाध माया सहितको अमूल्य सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सहयोग रकमको पूर्ण सदुपयोग हुने वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले बताए । विशेष गरि उपचारार्थ कोभिड संक्रमित बिरामीको लागि औषधी, अक्सिजन, सन्तुलित खाना, एम्बुलेन्स साथै भ्याक्सिनमा खर्च गरिने साथै सहयोगीहरुको नामावली अभिलेख सुरक्षित राख्दै आम्दानी र खर्चको विवरण सार्वजनिक गर्न नगरपालिका प्रतिबद्ध रहेको जनाए ।

कोरोनाको कहरले विश्व समुदाय यतिखेर आक्रान्त बनिरहेको अवस्थामा नागरबासीको सवालमा सदैव उत्तरदायी रहँदै आएको वालिङ नगरपालिकालाई हौसला स्वरुप सहयोग जुटाएको उक्त समूहका एक अभियन्ता राजन गैह्रेले बताए । आफ्नो मातृभूमिमा परेको यो मानवीय संकटमा सानो राहत र सहानुभूतिका लागि सहयोग गर्न पाउँदा अभियानमा सहभागी सन्दिप डुम्रेले खुशी व्यक्त गरे । मेसेन्जर ग्रुपबाट उठेको उक्त रकममा १०५ जनाले स्वेच्छिक रुपमा सहयोग संकलनमा जुटेका थिए ।

उता स्याङ्जा परिवार दक्षिणले कोभिडकै महामारीको नियन्त्रण र राहतको लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ । वर्तमान कोभिडको यो बिपत, त्रास र जोखिम न्यूनीकरणका लागि मनकारी व्यक्तित्वहरुलाई यही मे २८ सम्म सञ्चालन अभियानमा सहभागिताका लागि अनुरोध गर्दै संस्थाले हार्दिक अपिल गरेको छ ।

जनघनत्व, आवश्यकता र अवस्था अनुसार संकलित रकम जिल्लाभित्रका सबै पालिका र क्षेत्रमा न्यायोचित वितरण हुने स्याङ्जा परिवारले जनाएको छ । गत वर्ष स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको मातहतमा रहने गरि दक्षिण कोरियाबाट स्याङ्जा परिवारले ५० थान पि.पि.ई. उपलब्ध गराएको स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष विजय थापाले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...