Advertisement
SKIP THIS

जनसम्पर्क समिति दक्षिण कोरिया फुटको संघारमा


नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरियामा विवादका कारण फुटको संघारमा पुगेको छ । जनसम्पर्ककी सभापति आस्था विन्दु मल्लले आइतबार दुई जना कार्यसमिति सदस्य र पाँच जना सल्लाहकार मनोनयन गरे पछि विवाद झन बढेको हो ।
नेपाली कांग्रेसको महासमिति प्रतिनिधि भजिन्द्र क्षेत्रीका अनुसार बिगत दुई वर्ष अगाडि सन् २०१८ मे ५ तारिखमा सौलमा आस्था बिन्दु मल्लको नेतृत्वमा निर्वाचित कार्यसमितिले दुई वर्षको लागि निर्वाचित भएको बताए । सो समय अबधीलाई गत वर्ष २०२० को मे महिनामा पुरा गरेको भए पनि आपतकालीन अवस्था सृजना भएमा र महाधिबेसन गर्न अनुकूल नभएको खण्डमा विधानले ६ महिना समय बढाउन सुविधा दिएको उनले बताए । ‘छ महिना बढाउने सुविधा सभापतिलाई छ । तर सभापतिले बढाइएको समयलाई गणना गर्दै नगरि उल्टै समय सकिए पनि अधिबेशनको प्रक्रिया सुचारु नगरि क्रियाशिल सदस्यता आठ महिनादेखि नेपालबाट ल्याएर वितरणको कार्य सुचारु गर्न गरेन । कोरियामा गत वर्ष नै राष्ट्रिय निर्वाचन सम्पन्न भएको थियो जबकि कोरोना भाइरस संसारभरी महामारीको रुपमा फैलिँदै थियो तर जनसम्पर्क समितिका निवर्तमान सभापति गिरिराज कुवँर र बर्तमान सभापति मल्लको मिलेमतोमा निर्बाचनको मिति घोषणा नगरि साधारण सदस्यताको गूगल फारम भराउने र त्यसपछि मिति तय गर्ने भनिएकोमा सभापतिले क्रियाशिल सदस्य संयोजक आफैं बनेर उल्टै जुम बैठक सञ्चालन गरी सभापतिको चाहना भए सधैंभरि मनोनित गर्न पाइने भन्ने उर्दी जारी गर्नु भयो । उनले भने ।
जनसम्पर्क समितिका सल्लाहकार विपिन कुमार गुरुङ पनि अहिले सभापतिले अधिवेशन नगरेर थप मनोनयन गर्नु आफैमा विधान अनुसार नभएको बताए । ‘विधान अनुसार नै अहिलेको कार्यसमितिको कार्यकाल सकिसकेको छ । झन यही समयमा सभापतिले आफ्ना मान्छेहरु मनोनयन गर्नु विधान अनुसार पनि मिल्दैन । त्यसैले हाम्रो माग भनेको यो निर्णय तुरुन्तै खारेज होस र अधिवेशन गर्नु पर्यो ।’ उनले भने ।
त्यस्तै उपसभापति लक्ष्मण दाहालले पदावधि सकिएको समितिले चाँडो महाधिबेसन गराएर निकास दिनुपर्नेमा महाधिबेसन नगर्ने र भर्ती मात्र गरिएपछि अब सँगै हिँड्न नसकी आफ्नो नेतृत्वमा महाधिबेसन आयोजक समिति गठन गरेर चाँडै महाधिवेशन गर्ने पनि जनाए । उनले अहिलेको कार्यसमितिमा पनि आफ्नो पक्षमा दुई तिहाई सदस्य रहेको जिकिर गरे । ‘नेपाली कांग्रेसका हरेक भातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशनमा निर्वाचित हुनेहरूले शासन सञ्चालन गर्ने र निर्वाचनमा पराजय बेहोरेको तर संगठनमा अत्यन्त दुःख गरेका व्यक्तिहरूलाई पुरै पाखा लगाउने हिसाबले जनसम्पर्क समिति कोरियाको महाधिवेशनमा प्रतिनिधि नभएका र पार्टीको क्रियाशिल सदस्य समेत नरहेका मानिसहरूलाई सल्लाहकार र केन्द्रीय सदस्य मनोनित गरेर निर्वाचनमा पराजय बेहोरेका सबै व्यक्तिहरूलाई अर्को संगठनको जसरी व्यबहार गरिँदै आएको छ ।’ उनले गुनासो पोखे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...