Advertisement
SKIP THIS

सालनालको दोस्रो दिन तामाङ संघले साहित्यकारहरुसँग अन्तरक्रिया गर्ने


नेपाल तामाङ संघ दक्षिण कोरियाले सोनाम ल्होछार तामाङ साहित्यकारहरुसँग अन्तक्रिया गरेर मनाउने भएको छ । आउँदो शुक्रबार अर्थात सलनालाको दोस्रो दिन यो कार्यक्रम हुनेछ ।
यस अघि सोही दिन संघको अधिबेशन गर्ने भनेको भए पनि विविध कारणले अधिवेशन दुई हप्ता पछि फेबु्रअरी २८ आइतबार हुने भएको छ । ‘हामीले यस पटकको नयाँ तरिकाले सोनाम ल्होछार मनाउने भएका छौं । हाम्रो कार्यक्रम तामाङ जनजीवन लेखनमा कस्तो छ भन्ने कुरा खोतल्ने प्रयास गर्ने छौं । यो ल्होछार भनेको रमाइलो गर्ने त हुँदै हो हाम्रो आफ्नो जीवन शैलीका बारेमा पनि कुरा गर्नु पर्यो ।’ संघको अध्यक्ष मेघप्रसाद वाईवाले भने ।
कार्यक्रममा लामो समयदेखि कलम चलाउँदै आएका तामाङ साहित्यकारहरुसँग छलफल हुनेछ । शुक्रबार दिउँसो दुई बजे सुरु हुने कार्यक्रममा विना थिङ, मणिकलाल घिसिंङ, सजना गोले, रचना मोक्तान, बाबु साईला लगाएतका साहित्यकारहरुसँग अन्तरक्रिया हुनेछ । त्यस्तै कोरियामा रहेका कबि समिर बोम्बजन, गोकुल थोकर, अमिर योञ्जन लगाएतका तामाङ साहित्यकारहरुले आफ्नो रचना सुनाउने कार्यक्रम रहेको छ ।
कोरियामा हरेका सबै साहित्यप्रमीलाई जुम मार्फत हुने कार्यक्रममा सहभागिता जनाई दिन नेपाल तामाङ संघ दक्षिण कोरियाका सचिव दुध लामाले आग्रह गरेका छन् । ‘यो कार्यक्रममा कोरियामा रहनु भएका सबै साथीभाइलाई नयाँ हुनुको साथै रमाइलो लाग्ने खालको हुनेछ । त्यसैले सबैलाई सहभागिताको लागि आग्रह गर्छु ।’ उनले भने ।

सहभागिताकाे लागि जुम ठेगना

https://us02web.zoom.us/j/2559644396?pwd=YmN2anROVkhhTFRVTFJ4bmkwVEgwdz09

Meeting ID: 255 964 4396

Passcode: Tmg123

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...