सागर माङ्मुको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको नयाँ कार्यसमिति

जनवरी २४ तारिखका दिन ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा सागर माङमुलाई सर्वसम्मतिले चयन गरेको थियो ।
अधिवेशनले माङ्मुको नेतृत्वमा १९ सदस्यीय समिती गठन गरेको छ। नव निर्मित समितीमा चयन हुनेहरुमा बरिष्ठ उपाध्यक्ष शंकर राई रहेका छन भने, उपाध्यक्षमा दिर्ज काङभा लिम्बु, शान्तिला पालुङ्वा, बिजु माबो र जय खड्का रहेका छन्। यसैगरी महासचिवमा विनोद सौदेन, सचिवमा देवेन्द्र काङ्भा सहसचिबमा सृर्जु ईघिगो, कोषाध्यक्षमा मनिता तामाङ र सह कोषाध्यक्षमा राम राई चयन भएका छन् ।सदस्यहरूमा मनिल बाँनिया, कबिराज ताम्लिङ, बिशाल थोप्रा, मन कुमार लिम्बु,प्रसंना खालिङ् ,प्रकाश गुरुङ, गंगाराम काङभ र तेज गुरुङ रहेका छन्।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञ राज सुबेदीको प्रमूख आतिथ्य रहेको कार्यक्रममा पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राईको विषेश आतिथ्य रहेको थियो। निर्वाचन मण्डलमा मिराक पंधाक (अग्नि), शुभाद्रा पालुङवा र भिम गुरूङ रहेका थिए। वरिष्ठ उपाध्यक्ष सुक्र ताम्लिङले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष हेम्बू इजमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।