ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन हुँदै

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिवेशन हुने भएको छ। अधिवेशन यहीँ जनवरी २४ तारिख आइतबारका दिन हुने महासचिव सागर माङमुले जानकारी गराएका छन्।
विश्वभर फैलिएको कोरोना (कोभिड १९) को महामारीको कारण अधिवेशन Zoom अनलाईनबाट गरिने भएको छ।
उक्त अधिवेशनमा दक्षिण कोरियामा रहेका सम्पूर्ण ताप्लेजुङ बासि दाजुभाई तथा दिदीबहीनिहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।