Advertisement
SKIP THIS

रेशम चौधरीको किताब निकाल्न नेफिन कोरियाद्वारा आर्थिक सहयोग


जेल जीवन बिताइरहेका रेशम लाल चौधरीको “परिबन्द” नामक पुस्तक प्रकाशनका लागि नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

जेलमा नै रहेर करिब १ बर्ष भन्दा लामो समय लगाएर लेखिएको उक्त पुस्तकलाई धेरै भन्दा धेरै सर्वसाधारणलाई नि:शुल्क वितरण गर्ने उद्देश्यले आदिवासी जनजाति अभियान्तहरुले आर्थिक सहयोग अभियान संचालन गरेको हो ।

यसै अभियान अन्तर्गत संकलन भएको एक लाख रुपियाँ गत हप्ता हस्तान्तरण गरेको नेफिन कोरियाले जनाएको छ । “शोषित उत्पीडित आदिवासी जनजातिहरुको मुक्ति र अधिकारका लागि आदिवासी नेता चौधरीको त्याग र बलिदानको कदर स्वरुप यश अभियान संचालन गरेको हो । यसमा जोडिनुभएको सम्पुर्णलाई हार्दिक धन्यवाद ।” नेफिन कोरियाले जारी गरिएको विज्ञप्तिमा जनाएको छ । चौधरीको यस अघि पनि एउटा किताब प्रकाशन भैसकेको छ । जसमा टिकापुर घटनाको बारे बेलिविस्तार लगाएको छ ।

अदालतले टिकापुर घटनामा दोषी ठहर्‍याए पछि करिब ३ बर्ष देखि चौधरी जेल जीवन बिताइरहेका छन् । विसं २०७२ भदौमा भएको थरूहटको आन्दोलनको क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो। सो घटनामा एक बालकको पनि ज्यान गएको थियो । यसै घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर्‍याएर जन्मकैदको फैसला भएको हो।

अदालतले दोषी ठहर्‍याए पनि आदिवासी जनजाति लगायतले यसलाई स्वीकारेको छैन । राजनीतिक पुर्वाग्रहीले गर्दा उनलाई फसाइएको भन्दै उनीहरुले रेशम चौधरीलाई विना सर्त तिहाइको माग अहिले पनि गरिरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...