Advertisement
SKIP THIS

किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरियाले सेप्टेम्बर ७ बाट बिश्वब्यापी टिक-टक प्रतियोगिता गर्ने


दक्षिण कोरियामा ५० हजार नेपाली रुपिया बराबरको प्रथम पुरस्कार सहित बिश्वब्यापी टिक-टक प्रतियोगिता हुने भएको छ ।
किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरिया सिरिजङ्गा साँस्कृति बिभागले अर्को हप्ता अर्थात आगामी सेप्टेम्बर ७ तारिखबाट १ महिने टिक-टक प्रतियोगिता गर्न लागेको हो ।

“हामी हाम्रो पहिचान र अस्तित्वको लागी एक हौं” भन्दै “कला संस्कार र सांस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान “भन्ने मुल नाराका साथ गर्न लागेको यस प्रतियोगितामा विश्वभरी छरिएर रहेका सम्पूर्ण लिम्बू तथा गैर लिम्बु महानुभाबहरूलाई सहभागी हुन आयोजकले आव्हान गरेको छ ।

लिम्बु मौलिक कला,साँस्कृतिक प्रचार प्रसार तथा संरक्षण र संम्बर्दनका निमित्त लिम्बू भाषा आधारीत गित-संगित टिक-टक प्रतियोगिता (५०८०) २०७७ को आयोजना गर्ने भएको जानकारी प्रतियोगिता आयोजक संयोजक शान्तिला पालुङवाले जानकारी दिएका हुन् । उनले भने “विश्वभर छरिएर रहनू भएका सम्पुर्ण लिम्बू गित-संगित प्रेमि महानूभाबहरूलाई उक्त लिम्बू गित-संगित टिक-टक प्रतियोगितामा गरिमामय सहभागिता जनाई ऊक्त प्रतियोगितालाई सफल बनाई दिनहुनका लागी हार्दिक अनुरोध गर्दछु ।”

पुरस्कार:-
*प्रथम पुरस्कार नगद रू-५०,००० (पचास हजार सहित प्रमाण पत्र )
*दोस्रो पुरस्कार नगद रू-३०,००० (तिस् हजार सहित प्रमाण पत्र)
*तेस्रो पुरस्कार नगद रू – १५०००(पन्द्र हजार सहित प्रमाण पत्र )
*सान्तवना पुरस्कार नगद रू- ५००० (पाँच हजार सहित प्रमाण पत्र )

प्रतियोगिताका नियमहरू:-
१)- प्रतियोगिहरूको प्रतिस्पर्धाको मापन प्रतियोगिले प्राप्त गरेको रिएक्ट र (Share)द्वारा मापन गरिने छ। प्रतियोगीहरूले प्राप्त गरेको (Like👍,Love❤️,Care🥰,Waoo🤗) यो सबै रिएक्ट मध्येमा प्रतियोगिहरूले एउटा रिएक्ट प्राप्त गरे बापत १ अंक र प्रत्येक सेयर (Share) बापत १ अंक प्राप्त गर्नेछन। तर Angry 😡 रिएक्ट आएको खण्डमा Angry 😡 रिएक्टलाई अंकमा गनिने छैन। यदी कुनै प्रतियोगिले प्रबिधिको प्रयोग गरि अट्टो रिएक्ट गरिएको थाहा पाईएमा प्रतिस्पर्धाबाट निकालिनेछ। प्रतिस्पर्धाको दौडानमा प्रतियोगिले प्राप्त गरेको रिएक्ट र सेयर दुबै जोडिनेछ। दुबै रिएक्ट र सेयर जोड्दा जुन प्रतियोगिले सबै भन्दा धेरै रिएक्ट र सेयर (Share) प्राप्त गर्दछ त्यसैको आधारमा पहिलो, दोस्रो, तेस्रो र सान्तवना स्थान प्राप्त गर्ने प्रतियोगिको नाम घोषणा गरिनेछ।

२)- प्रतियोगिताको लागी प्रतियोगिले २०७७/भाद्र/२२ गते(2020/Sep/07 तारिक) देखि २०७७/असोज/२१ गते (2020/Oct/07तारिक) भित्रमा आफ्नो लिम्बू भाषा गित-संगित टिक-टक भडियो संम्बन्धित आयोजकको फेस्बूक म्यासेन्जर, Whatsapp, Viber वा किराँत याक्थूङ् चुम्लुङ् दक्षिण कोरियाको फेसबूक पेज मार्फत उपलब्ध गराई सक्नु पर्ने छ।

३)- प्रतियोगिहरूबाट प्राप्त लिम्बू भाषा गित-संगित टिक-टक भिडियो किराँत याक्थुङ् चुम्लुङ् दक्षिण कोरियाको फेसबूक पेज मार्फत पोस्ट(Post) गरिने छ। प्रतियोगिहरूको भिडियो उक्त पेज मार्फत पोस्ट भएको मिति देखी ३०दिन सम्म प्रतिस्पर्धाको लागी योग्य मानिने छ। कुनै पनि प्रतियोगिहरूको भिडियो पोस्ट भएको ३० दिन भईसके पछि वा कटिसके पछी प्राप्त भएको रिएक्ट र सेयरलाई प्रतिस्पर्धाको अंकमा जोडिने छैन।

४)- भिडियो कम्तिमा ५० सेकेण्ड बढिमा १ मिनटको हुनुपर्ने छ।

५)- टिक-टक भिडियो लिम्बू तथा गैरलिम्बु जातिले पनि भाग लिन पाईने छ। तर बिशुद्व लिम्बू भाषाको गित संगितका साथै लिम्बू भेषभुसा अनिबार्य छ। र उपलब्ध भए गरगहनामा सजिएर आफ्नो प्रस्तुती दिएकोलाई बिशेष मान्यता दिईने छ।

६)-टिक-टक भिडियो सिङ्गल हुनुपर्नेछ र आफूले टिक-टक भिडियो बनाएको गीतको ओरिजिनल गायक, गायीकाको नाम र युट्युब लिङ्क सहित आफ्नो नाम थर ठेगाना र सम्पर्क नम्बर अनिबार्य पठाउनुपर्नेछ।

७)- प्रतियोगिले किराॅत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको पेच अनिबार्य लाइक र सेयर गर्नु पर्नेछ र अरूलाई पनि गर्न प्रेरित गर्नुपर्नेछ।

८)-मिति २०७७ असोज २१ गते 2020/oct/07 तारीक बाट भोट अथवा लाईक ,सेयर , रियाक्ट मा जाने ।

९)- मिति २०७७ कार्तिक ३० गते 2020/ nov /१५ तारीक फाईनल हूने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...