बोम्जन गुरुङ, सउल कोरिया ।
नेपाली लोक तथा दोहोरी गीत र संगीतको क्षेत्रमा एउटा परिचित नाम जितन भाइ श्रीसले यस वर्षको हरितालिका तीजको मौका पारेर “चरी भरर” बोलको तीज गीत बजारमा ल्याएका छन् । पराई घर गएकी आफ्नी चेलीको सम्झना र बैनी भेट्न पाउने दाजुको आशासँगै वर्तमान असहज परिस्थितिको कारण कारुणिक वेदना झल्किएको मर्मस्पर्शी भाव यस तीज गीतमा समेटिएको छ ।
जीतन भाइ श्रीसकै शब्द/लयमा रहेको यस गीतमा अमृता नेपाली र शितल गुरुङको स्वर, बिनोद बाजुरालीको संगीत संयोजन, दुर्गा पौडेलको निर्देशन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । चर्चित कलाकारहरु महेन्द्र गौतम, सारिका के.सी., दिप के.सी. सुमित्रा तामाङ, दिपक बस्नेत, सारदा गिरि (काली आमा) ईश्वरी घिमिरे, माया रामजाली लगायतको बेजोड अभिनय रहेको छ ।
काठमाण्डौ स्थित बानियाटारमा छायांकन गरिएको यो तीज गीतको म्यूजिक भिडियो उत्कृष्ट बनेको छ । जीतन भाई यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।
[भिडियो हेर्न तल को यूट्यूब लिंक क्लिक गर्नुहोला ]
https://www.youtube.com/watch?v=oP_j3Byyke8