कोरियामा १७ महिने वालक र उनका बाबुआमालाई १० दिन पछि पुनः कोरोना भाइरसको संक्रमण


दक्षिण कोरियामा १७ महिनाको वालक र उनका बाबुआमा कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्केको १० दिन पछि पुनः संक्रमित भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोगथाम केन्द्र(केसीडिसी)ले जनाएको छ । मंगलबार आइतबार १ सय २५ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए ।
यो संगै झन्डै दुई हप्तासम्म सय भन्दा कम संक्रमित कायम रहेको कोरियामा विरामीको संख्या बढेको छ । मंगलबार बेलुकीसम्म ९ हजार ७ सय ८६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ५ हजार ४ सय ८ जना स्वस्थ्य भएर घर फर्किका छन् । १ सय ६२ जनाको मृत्यू भएको केसीडिसीले जनाएको छ ।
पुनः संक्रमित दम्पतीलाई फरक फरक अस्पतालमा राखिएर उपाचार गरिएको थियो । दुबै जना निको भएर घर गएको केही समय पछि विरामी परेका थिए । कसरी पुनः कोरोना लाग्यो भन्ने बारेमा जाँच भैरहेको यहाँको स्वस्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुलाई गत फेबु्रअरी महिनामा कोरोनाबाट अति प्रभावित थेगुमा बिहेभोजमा सहभागी भए पछि भाइरसबाट संक्रमित भएका थिए ।
विदेशबाट आउने सबै अनिवार्य क्वारान्टाइनमा बस्नु पर्ने
अन्य देशबाट कोरियामा आउने सबै यात्रुले अनिवार्य रुपमा १४ दिने क्वारान्टाइनमा बस्नु पर्ने भएको छ । केही सयम अघिसम्म चीन, युरोप र अमेरिकाबाट आएका यात्रुलाई मात्र क्वारान्टाइन बस्नु पर्ने नियम राखिएको थियो । कोरियामै रहेका भन्दा अन्य देशहरुबाट आउने यात्रुहरुमा बढि कोरोनाको संक्रमण देखिए पछि यस्तो नियम लागु गरिएको हो ।
कोरियामा बसोबासको व्यवस्था भएकोले आफ्नै घरमा क्वारान्टाइनमा बस्न पर्नेछ भने नभएकाहरुका लागि सरकारले बनाएका आइसोलेसन केन्द्रमा बस्न पर्नेछ । यसरी बस्दा दैनिक १ लाख वन अर्थात १० हजार रुपैया तिर्नु पर्नेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...