कोरियाको दोश्रो ठूलो शहर बुसानमा “न्यू इयर धमका” डान्स पार्टी हुने

दक्षिण कोरीयाको दोश्रो ठूलो तथा पर्यटकीय शहर बुसान/किम्हे शहरमा क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा डान्स पार्टी हुन भएको छ । किम्हे स्थित नेपाली क्लब लुम्बिनीमा डिसेम्बर २८ तारिक शनिवारको दिन बेलुकी ८ बजेदेखी हुनलागेको उक्त डान्स पार्टीको आयोजना गोर्खाली ब्रदर ग्रुपले गर्न लागेको हो ।
किम्हे शहरमा पहिलो पटक डान्स पार्टीको सुरुवात गरी ट्रेण्ड बसालेर मनोरञ्जन प्रदान गर्दै आईरहेको गोर्खाली ब्रदर ग्रुपले पूनः यसपालिको अंग्रेजी वर्षमा नेपालबाट आमन्त्रित महिला डिजे ZYN र -यापर प्रकाश गिरीका साथमा न्यू इयर पार्टी भब्यताका साथ गरीने ग्रुपका राई ठूलेले जानकारी गराएका छन् ।
कोरियाको दक्षिण भू-भागमा रहनु भएका र पायक पर्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई निर्धक्क भएर नयाँ बर्षको पार्टीमा सरीक भई भरपूर मनोरञ्जन लिनहुन आयोजकद्वारा बिनम्र आग्रह गरिएको छ ।