काभ्रे सम्पर्क समितिको बनभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न

सउल । काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बनभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १४ र १५ मा छेबुदो आइल्यण्ड्मा भएको जानकारी समितिका अध्यक्ष सानू लामाले दिएका हुन् ।
छेबुदो दक्षिण कोरियाको पश्चिमी तटमा रहेको सियोलको दक्षिण पश्चिमको एक सानो टापु हो । यहाँ दिनहुँ दिनको दुइ पटक यो टापुमा जाने सडक सामुन्द्रिक छालले केही समयको लागि बन्द हुनेभएकोले यसलाइ मोसाको चमत्कार (모사의 기적) पनि भनिन्छ । दक्षिण कोरियामा रहेका काभ्रेली दाजुभाइ तथा दिदिबहिनीहरुसँग भाईचारा र आत्मीयता बढाउने उदेश्यले गरेको उक्त कार्यक्रममा गैर काभ्रेलीहरुको पनि उल्लेख्य सहभागिता रहेको अध्यक्ष लामाले बताए । “यसरी कार्यक्रममा उपस्थित हुनुभएका र कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनका लागि अहोरात्र खटनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु ।” लामाले थपे ।
कार्यक्रममा प्रदेश तीन एकता समाजका अध्यक्ष किशोर भ्लोन नियोङ, एम टि यु ओसान क्षेत्रका अध्यक्ष आदर्श मगर, कार्यक्रम स्पोन्सर हानपासका प्रतिनिधि लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु समेत सहभागी रहेका थिए ।
यसै अवसरमा पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै सगरमाथा र बुद्धको चित्र सहित काभ्रे सम्पर्क समितिको लोगो अंकित टिसर्ट समेत सार्वजनिक गरेको थियो । पर्यटन वर्ष २०२० लाई मध्यनजर गरेर कोरियामा पनि प्रचारप्रसार गर्ने उदेश्यले टिसर्ट बनाएको जनाएको छ ।
त्यस्तै आफ्नो कार्यकाल सकाएर नेपाल फर्किन लगेको संस्थाका संरक्षक एवं संस्थाप तथा सल्लाहकार यम श्रेष्ठ, सल्लाहकारहरु रामकृष्ण आचार्य, स्रम्दिप चौलागाईं र बर्तमान कोषअध्यक्ष सुमन चौलागाईंलाई सम्मान तथा बिदाई कार्यक्रम पनि गरेको थियो ।