टीका थेगिमको शब्दमा गायिका अनु चौधरीको घुम्नलाई जाऊँ इलाम सार्वजनिक
कोरियामा कर्मथलो बनाई नेपाली गीत संगीतमा कलम चलाईरहेका गीतकार टीका थेगिमको नयाँ गीत “घुम्नलाई जाऊँ इलाम” सार्वजनिक भएको छ। गायिका अनु चौधरीको आवाज रहेको उक्त गीतमा उत्तमजङ लिम्बूले संगीत भरेका छन भने महाराज थापाको संगीत संयोजन रहेको छ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरि सिर्जना गरिएको गीतले पर्यटन प्रवर्द्धनमा सहयोग हुने अपेक्षा गरेको गीतकार थेगिमले बताए। छिन-छिनमा मौसम परिवर्तन भइरहने पूर्वको चर्चित रमणीय पर्यटकिय स्थल इलाममा छायांकन गरिएको भिडियोमा परिक्षा लिम्बूले डेब्यू गरेकी छिन् उनलाई सन्ध्या भण्डारि,विना माझि,यसोधा माझि र सल्मा माझिले साथ दिएकी छिन्।
निशान सुब्बाको निर्देशन रहेको भिडियोमा नगिन धिमालले ड्रोन चलाएका छन् ।साम्पाङ शीरकुमारले छायांकन एवम सम्पादन गरेका छन् भने सोम मग्रातीको शृङगार रहेको छ।
गीतकार थेगिमले यस अघि पहिलो सांगीतिक कोशेली स्वरुप ढकमक गुराँसै फुल्यो बजारमा ल्याइसकेका छन्।
भिडियो लिङ्क तल छ।