मजदुरको न्युनतम ज्याला १० हजार वोन पुर्याउन नसकेकोमा राष्ट्रपति मूनले मागे आम माफी


दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले २०२० सम्ममा मजदुरको न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पुर्‍याउने प्रतिबद्धतालाई पूरा गर्न नसकेको भनी आइतबार सार्वजनिकरूपमा क्षमायाचना गरेका छन् ।

राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा उक्त कुरा बताइएको हो ।

राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ-जोले भने, “राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ, किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरे अनुसार मुलुकको न्यूनतम पारिश्रमिकको लक्ष्यलाई पूरा गर्न सम्भव भएन ।”

साङ–जोले आइतबार चेओङ वा दाय(ब्लु हाउस)को न्यूनतम पारिश्रमिक निर्धारणप्रतिको जिम्मेवारीबारे पत्रकारहरूलाई जानकारी गराएका हुन् । गत हप्ता श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले अर्को बर्षदेखि लागु हुनेगरी २.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो ।

पछिल्लो प्रावधान अनुसार अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा आठ हजार ५९० वन कायम हुनेछ । दक्षिण कोरियाले सन् २०१९ का लागि गत बर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो ।

यस बर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर यस दशक मा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघण्टा १० हजार कोरियन वन पुर्‍याउने लक्ष्यसहितको नीति असफल भएको जनाएको छ । राष्ट्रपति मुनको पाँच वर्षे कार्यकाल सन् २०२२ को मे महिनामा सकिनेछ ।

समाचार एजेन्सी योन्हापका अनुसार चेओङ वा-दायका सहयोगीहरूसँग राष्ट्रपति मुनले “मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशिलताको अवस्थालाई मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगल कठीन निर्णय लिएको” बताएको जनाइएको छ ।

मुनले मतदानबाट निर्णय लिइनु पहिले केही सम्वेदनशिल बिषयमा आफ्नो धारणाका वाबजूद पनि लचकता अपनाउन सकिने संकेत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...