कोरियामा 'सुनकली' प्रदर्शन गरिने


फोनिज कोरिया संवाददाता
सोल
सुदूर पश्चिम समाज, कोरियाले आउँदो अगष्ट १६ तारिखमा कोरियामा रहेका नेपाली एवं इच्छुक कोरियन दर्शकमाझ अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल चर्चित डकुमेन्ट्री फिल्म’सुनकली’ प्रदर्शन गर्ने भएको छ। सउल,दोंदेमुनमा समाजका अध्यक्ष जीतेन्द्र महताको अध्यक्षतामा बसेको ९ औं कार्यकारिणी समितिको दोस्रो बैठकले उक्त निर्णय गरेको जानकारी सचिव कमल शाहीले दिनु भएको छ।
‘सुनकली’ प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी गर्न कार्य समितिका सम्पूर्ण सदस्य र सल्लाहकार पदेन सदस्य रहने गरी प्राज्ञिक व्यक्तित्व डा. अग्नीराज कोइरालाको संयोजकत्वमा मूल समिति गठन गरिएकोछ।त्यस्तै अन्य सदस्यहरूमा डा.शेरबहादुर रावल,दिलीप रावल,शुभाष हमाल,प्रेम शाह,सुरेन्द्र भण्डारी,जनक धामी, धर्मराज जोशी,जितु उपाध्याय तिमिल्सिना,एल.बि. बिष्ट,कमल सिंह,चक्र बिष्ट,पदम भट्ट,करन बुढा, जगदीश बिष्ट,राज बोहरा,गोविन्द रावल,बालकृष्ण बोहरा,हिरो रावल, नवीन कार्की,पुरन नाथ, लभ लाइट भट्ट,दीपक गिरी,तेज खडका,सुजन रोकया र गजेन्द्र सिंह रहेका छन् भने हल प्रवन्ध,प्रचार प्रसार,स्वयंसेवक परिचालन, आर्थिक सहयोग संकलनका लागि समेत छुट्टाछुट्टै उप-समितिहरू गठन गरिएका छन्।बुसानका नेपाली दर्शकहरूका लागि समेत सुनकली प्रदर्शन गर्न मिति पछि तय गर्ने गरी समन्वय समिति गठन गरिएको छ।
पत्रकार भोजराज भाटद्वारा निर्देशित’सुनकली’ले नेपालको सबभन्दा विकट् कर्णालीको मुगुका किशोरीहरूको सानैदेखि फुटबलप्रतिको लगाव, अभ्यास र उनीहरूले पाएको सफलताको कथालाई वुलन्द गरेको छ।अहिले विभिन्न देशहरूमा भव्य प्रदर्शनका साथ चर्चाको शिखरमा रहेको उक्त डकुमेन्ट्री कोरियामा प्रदर्शन गर्ने मुख्य उद्देश्य कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रको शिक्षा विकासमा सहयोग गर्ने रहेकाले कोरियामा कार्यरत बुद्धिजीवी, ब्यापारी, विद्यार्थी, समाजसेवी सम्पूर्ण संघसंस्थाका प्रतिनिधि र सुपका सबै साथीहरूमा उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सहयोगका लागि सुदूरपश्चिम समाज, कोरियाले अपिल गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...