Advertisement
SKIP THIS

काेरियामा मनाए “जातीय भेदभाव तथा छुवाछुत उन्मूलन १३ औं राष्ट्रिय दिवस”


सशक्त दलित एकता समाज दक्षिण कोरियाले “जातीय भेदभाव तथा छुवाछुत उन्मूलन १३ औं राष्ट्रिय दिवस” मनाएको छ । आइतबार दक्षिण कारिएको राजधानी सउलको दोङ्देमुन स्थित नेपाल हाउसमा कार्यक्रम सम्पन्न भएको हो ।

विगतमा हामीले सबैलाई जीविकोपार्जनका लागि आविस्कार गरेका औजारहरु कसैको विरुद्धमा उठाउनु नपरोस्

दलित समुदायको उल्लेख्य सहभागीतामा सम्पन्न उक्त कार्यक्रमबाट आफ्नो हक हित र समान अधिकारको लागि परि आएको खण्डमा जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उद्घोष समेत गरेका छन् । कागजी रुपमा जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेता पनि व्यवहारिक रुपमा अझै पनि दलित भएकै आधारमा विभेद कायमै रहेको भन्दै सशक्त दलित एकता समाजका अध्यक्ष एवं उक्त कार्यक्रमका सभाध्यक्ष घनश्याम विश्वकर्माले भने “यस्तै स्थिति रहे विगतमा हामीले सबैलाई जीविकोपार्जनका लागि आविस्कार गरेका औजारहरु कसैको विरुद्धमा उठाउनु नपरोस् ।”

छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पछि पनि दर्जन भन्दा बढी दलितहरु पानी छोएको भन्दै वा मन्दिर पसेको भन्दै मारिएका छन् । तर त्यसको विरुद्धमा राज्यले उचित कदम नचालेको भन्दै उपस्थित दलित अगुवाईहरुले आक्रोश समेत पोखेका थिए । कार्यक्रममा उपस्थित नेपाली सम्पर्क समिति (एनसीसी)की अध्यक्ष अन्जु केसीले दलित समुदायको माग प्रति आफ्नो प्रतिबद्धता जनाएकी थिइन् । “तपाईहरुको माग प्रति मेरो पुर्ण समर्थन छ । ब्यक्तिगत र संस्थगत रुपमा सहकार्य गर्न तयार छु ।” उनले थपिन् ।

नेपाली राजदुतावासको प्रतिनिधिलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । तर कुनै प्रतिनिधि उपस्थित नभएपछि कार्यक्रम निर्धारित समय भन्दा ढिलो सुरु भएको थियो । तस्तै विशेष अतिथिको रुपमा आमन्त्रित गैर अबासीय गैर आवासीय नेपाली संघ दक्षिण कोरिया (एनआरएनए)की अध्यक्ष लक्ष्मी लामा गुरुङ पनि पहिलो चरणको कार्यक्रमको अन्त्य तिर मात्र उपस्थित भएकि थिइन् ।

कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो सेशनको कार्यक्रम “जातीय भेदभाव तथा छुवाछूतको वर्तमान अवस्था र निराकरण विषयक छलफल कार्यक्रम” थियो । जसको संचालन संस्थाका महासचिव अर्जुन परियारले गरेका थिए । विभेद रहित सभ्य र समतामूलक समाज निर्माणका लागि साझा चिन्तन मुलक बहस कार्यक्रम “सवाल समानताको” नामक दोश्रो सेशनको कार्यक्रम भने संस्थाका प्रमुख सल्लाहकार भिम बराइलीले संचालन गरेका थिए ।

बहसमा सहभागी हुदै एनआरएनकी अध्यक्ष लक्ष्मी गुरुङले विभेद रहित सभ्य र समतामूलक समाज निर्माणका लागि कागजमा लेखिएका कानुनतः कुरालाई व्यवहारिक रुपमा पनि कार्यान्वयन गराउन सरकार तथा संबंधित सबैले जोड दिनुपर्ने बताएकी थिइन् । उनले थपिन् “कुनै सभा सम्मेलन वा गोष्ठीहरुमा भाषण मात्र गरेर हुँदैन । यसलाई हामी सबैले व्यवहारमा उतार्नु जरुरी छ ।”

त्यस्तै राज्यको विभेदकारी नितिको कारणले नै दलित लगायत आदिवासी जनजातिहरु पछाडि परेको भन्दै आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप सेर्पाले सबै मिलेर सशक्त रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । जात र वर्ण भनेको हिन्दु अतिवादले जन्माएको व्यवस्था हो र त्यसैमा टेकेर बनाएको विभेदकारी नितिका कारणले नै अहिले सम्म पनि यथावत रहेको जनाउदै शेर्पाले भने “दलित र आदिवासी जनजाति मात्र हैन पिछडिएका महिला लगायत सम्पुर्ण जातजाति तथा बर्ग सबै मिलेर सशक्त रुपमा अगाडि बढ्नुको विकल्प छैन ।”

बहस कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी कोरियाका संयोजक सन्तोष बराइलीले नेपालको राजनीतिक तथा आर्थिक रुपमा सामन्तवाद केहि मात्रामा अन्त्य भएपनि प्रगतिशिल पुँजीवाद व्यवस्था हुनु पर्नेमा दलाल पुजीवादी व्यवस्थाको विकास भएकोले अझै थप आन्दोलनको आवस्यकता रहेको जनाए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास संगठन प्रवासी नेपाली एकता मंच दक्षिण कोरियाका प्रतिनिधि चुडामणि अधिकारीले वर्गसंघर्षको माध्यम बाट जातीय विभेदलाई अन्त्य गर्दै बैज्ञानिक जनवादी व्यवस्था उन्मुख हुनुपर्ने बताए ।

उक्त बहस कार्यक्रममा विप्लव नेकपा कोरियाका प्रतिनिधि आदर्श मगर, जनजाति पत्रकार महासंघ फोनिज कोरियाका अध्यक्ष गोकुल थोकर, मोना दक्षिण कोरियाका अध्यक्ष किसन सेन्चुरी, परियार समाजका अध्यक्ष बिनोद सेवा, विश्वकर्मा समाजका अध्यक्ष सन्तोष कश्यप बिक, सिन्धुली समाज द. कोरियाका उप-सचिब हुमन नेपाली, परियार समाजका सदस्य जय सिं घेले, इसु सुनार, सामाजिक अभियानता राम बाबु सेवान लगायतले पनि आफ्ना विचार राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...