ख्यड़सड़नाम्दो तमु धी बुसान शाखाले सेन्टर स्थापनार्थ फेब्रुअरी ३ मा डान्स पार्टी गर्ने

दक्षिण कोरियाको महान चाड सलनालको अबसर पारेर ख्यड़सड़नाम्दो तमु धी बुसान शाखाले सेन्टर स्थापनार्थ फेब्रुअरी ३ मा डान्स पार्टीको गर्ने भएको छ।
बेलुकी ५ बजे देखी बिहान ५ बजेसम्म हुने डान्स पार्टीमा सहभागी भई सामाजिक सहयोगको साथ साथै भर्पुर मनोरन्जन लिन आयोजकले अनुरोध गरेको छ । किम्हे शहरमा हुने उक्त डान्स पार्टीमा चर्चित डिजे सिमेनको साथै स्थानीय कलाकारहरूको प्रस्तुती रहने भएको छ ।
डान्स पार्टीलाइ सभ्य बनाउनको लागी ख्यड़सड़नाम्दो तमु धी बुसान शाखाको अध्यक्ष अनिस गरुड़को संयोजक्त्वमा आयोजक समिती गठन गरी ख्यड़सड़नाम्दो तमु धीमा आवद्द सम्पुर्ण पदाधिकारी र सदस्यहरू डान्स पार्टी
तयारीका लागी जुटिसकेको अध्यक्ष अनिस गुरूड़ले जानकारी गराएका छन् । साथै डान्स पार्टीलाइ सभ्य र भव्य रूपमा सफल बनाउनको लागी, र नेपाली गित संगितमा भरपुर रमाइलो गर्नको लागी बुसान, किम्हे, खजेदो, उल्सान वरपर रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ दिदीबहिनीहरू हार्दिक निमन्त्रणा गरिएको संयोजक गुरूड़ले बताए ।