कोरियाका संघसस्थामा जुँगाको लडाइ मात्र कि बास्तबिकता पनि ?


यहि २६ तारिक आइतबार मध्यान्ह एकाएक सामाजिक सन्जालहरुमा ‘कोरियन प्रहरीद्वारा नेपालीहरु माथि व्यापक धरकपड ‘ भन्दै अपुष्ट स्टाटसहरु आउन थाले । केहीले व्यंग्य गर्दै अबको केही दिनमा कोरियाका वरिष्ठहरुको हुल एउटै प्लेन चढेर नेपाल ओर्लिदा त्रिभुवन बिमानास्थलमा राष्ट्रध्यक्षले स्वागत गर्ने छिन् भन्दै लेखे । भने कोहिले प्रहरी धरकपड प्रती घोर भत्सर्ना गर्दै प्रहरीलाइ सुचना दिने जो कोहि भए पनि रोष प्रकट गर्दै निन्दा ब्यक्त गरे ।
धेरैको स्टाटसहरु व्यंग्य मै केन्द्रित थिए ।स्टाटसहरु यति भाइरल भए कि मानौ अब कोरियामा कोहि नेपाली रहने छैनन । यति स्टाटस देखे पछि यो पंक्तिकारलाइ पनि बुझ्ने इच्छा जाग्यो । खास कुरा के हो भनेर सौलमा निकै रजगज गरेर बसेका एकजना महानुभाबलाइ बिनम्र हुँदै फोन गरे । उनले अहिले केहि बोल्न नमिल्ने भनेर ओठे जवाफ फर्काए। उनको जबाफ सुन्दा लाग्थ्यो उनि प्रहरी अनुसन्धानका उच्च अधिकृत हुन् अहिले घटना बाहिर फ्ल्यास भए अपराधी सहजै उम्कन सक्छन् । उनलाइ धन्यवाद टक्र्याउदै फेरि फोन घुमाए। दुई चार पटक फोन घुमाए पछि बल्ल भने केही भेउ पाउन सकिने खुद्रा सुचना मिल्यो ।
घटना खास के भएको रहेछ ?
२५ बर्ष लामो ईतिहास बोकेको भनिने नेपाली सम्पर्क समिती अर्थात् (एन.सि.सि.) ले हिजो सउलमा पत्रकार सम्मेलन आयोजना गरेको रहेछ । कोरियामा अब केही हप्ता पछि नै ४ दिन लामो बिदा हुने छुसक भनिने पर्व आउदै छ । प्राय जसो नेपाली संघ सस्थाले यस्तै चाडको मुखमा पारेर पत्रकार सम्मेलन गर्दै आ आफ्ना कार्यक्रमहरु सार्बजनिक गर्ने गर्दछन् । तर यो पटक बिल्कुल फरक ढंगको पत्रकार सम्मेलन रहेछ । एन.सि.सि. का पुर्ब अध्यक्ष प्रेम शाहले उनको कार्यकालमा भएको आर्थिक विवरण ( एक करोड २२ लाख वन ) नयाँ कार्य समितिलाइ हस्तान्तरण नगरेको भन्ने आरोप लगाउदै बर्तमान कार्यसमितिले पत्रकार सम्मेलन गरेको रहेछ ।
हुनत केही हप्ता अगाडी देखि नै पुर्ब कार्यसमिती र नयाँ कार्यसमिती बिच सामाजिक सन्जालमा बिभिन्न छेडछाड ,आरोप प्रत्यारोप हुँदै प्रेस बिग्यप्तीसम्म प्रकाशित भएका थिए ।दुबै पक्ष का कुरा सुन्दा दोषि को हो भनेर पत्ता लगाउन हामी मजदुरहरुलाइ मुस्किल नै पर्छ ।अर्थात् दुबैका दाबी बराबरी छन् । दुई पक्षको बिचमा यति मनमुटावको अबस्था आएछ कि पत्रकार सम्मेलन स्थल मै प्रहरी हस्तक्षेप गर्न पठाइयो भनेर ब्यपक हल्ला चल्दै छ । प्रहरीलाई पठाए पनि अथबा प्रहरी आफै गएको भए पनि पत्रकार सम्मेलन स्थलमा प्रहरीको प्रबेश भने अबश्य भएको रहेछ ।
अब कोरियामा अबैधानिक दाजु भाइ कति सुरक्षित ?
पत्रकार सम्मेलन भनेर राखिएको कार्यक्रममा उपस्थित हुने अधिकाम्श नेपालीहरु अबैधानिक थिए भनेर भनिएको छ।यदि बैधानिक नै भएको भए पनि प्रहरीको पर्क्राउ पछि कानुनी अड्चन भने अबश्यनै पर्नेछ । कुनै पनि देशको नियमानुसार निस्चित अबधि पस्चात आफ्नो देश फर्कनु पर्ने नियम भएता पनि कोरियामा केही नेपालीहरु अबैधानिक रुपमा कार्यरत रहेका छन् । अबैधानिक बस्नु पर्ने आ आफ्नो ब्यक्तिगत बाध्यतालाई यहाँ मैले अतिरन्जित गर्न खोजेको भने पक्कै हैन । यसलाइ अनर्थ रुपमा नबुझियोस ।
आइतबारको घटनामा प्रहरीलाइ केही नेपालीले नै चलाखिपुर्ण रुपमा तल अल्मल्याएका कारण माथी भएका सबै नेपाली उम्कन सफल भइयो भनेर त्यहा उपस्थित एक नेपालीले लामो सास तान्दै बताए ।संयोगबश सबै नेपालीहरु उम्कन सफल भएको बुझियो ।जो कसैले गरेको भएतापनी यस्ता हर्कत निन्दनिय नै हुनेछन् । कोरियामा केही समयदेखि नेपाली-नेपाली बीच अपनत्व र भातृत्वमा कमि हुँदै गएको महसुस गरिएको छ । नेपालिहरुको जनघनत्वमा वृद्धि सगै बेला बखत कम्पनीमा सिनियर र जुनियर बिच भएको भेदभाव होस या आपसी झै-झगडा भएका कुराहरुले नै किन नहोस् निकै बेमेलको स्थिती पैदा भएको देखिएको छ । यस्तो हुनु सबैको लागि दुखको कुरा त हुने नै भयो झन् नेपाली हरुको हितको लागि भनेर खोलिएको सस्था एन.सि.सि. को काण्डले आगामी दिनमा कस्तो असर पुर्याउला ?
कोरियामा किन आर्थिक विवरण सर्बजनिक हुन्न ?
कोरियामा संघ सस्था बिच झै-झगडा र रडाको मच्चाउने बिषय भनेकै आर्थिक ममला हो ।यहाँ प्रत्येक बर्ष कार्यक्रम गरेर करोडौंको कारोबार गर्ने संघ सस्थाहरु पनि नभएका होइनन् ।यहाँ सबैको उदेश्य ‘समाज सेवा’ नै हुन्छ । यसो भन्दै गर्दा निस्चित शुल्क लिएर मनोरञ्जन प्रदान गरिएको बिषयलाई किन टाउको दुखाइ भन्ने प्रश्न पनि आउन सक्छ ।तर सार्बजनिक चासोको कार्यक्रम भएपछी सबैमा आर्थिक चासो हुनु पनि स्वाभाबिक नै हुन्छ ।यो बिषयमा एकाध बाहेक सबै संघ सस्था चुकेको देखिन्छ । कोरियाबाट कतिपय समयमा गर्ब गर्न लायक वास्तविक समाजसेवा पनि भएका छन् ।तिनिहरुलाइ साधुबाद !
कोरियामा को बैधानिक को अबैधानिक ?
कोरियामा च्याउ सरी उम्रेका जातिय ,क्षेत्रीय ,लैङ्गिक ,राजनैतिक जस्ता संघ संगठनहरु पुर्ण रुपमा अबैधानिक हुन् ।कोरियाको कानुन अनुसार अरुलाइ बाधा पुग्ने गरि अथबा देशको अर्थतन्त्रलाइ असर पर्ने गरि कुनै पनि गतिबिधी गर्न आफ्नै नागरिकहरुलाइ समेत छुट छैन भने बिदेशी नागरिकले अब के के गर्न पाइन्छ हामि आफै बुझौ ।
नेपाली राजदुतावास र कोरिया प्रहरी के भन्छ ?
यो पंक्तिकारले आइतबार भएको प्रहरी धरकपडको बिषयमा ख्वाङ्जु प्रहरी कार्यलयको महिला प्रहरी अधिकृत ‘ली बो रामसग केही बुझ्ने प्रयास गर्दा ‘गम्भीर अपराध बाहेक अन्य सामान्य मुद्दामा कसैले उजुरी नदिएसम्म कोरियन प्रहरी त्यस्तो ठाउमा नपुग्ने’ जानकारी दिइन् ।यस कुराबाट पनि प्रष्ट हुन्छ कि मान्छे मर्यो भन्दा पनि काल पल्क्यो भन्ने कुरा अब प्रमुख बिषय बन्न सक्छ ।यस्ता बिषयमा सबै नेपाली संघ सस्था सचेत बन्नु पर्ने देखिन्छ । नेपाली राजदुतावासका महामहिम राजदुत अर्जुन बहादुर सिंहले सस्थागत आर्थिक हिनामिनाका सम्बन्धमा कुनै लिखित जानकारी आए छलफल गर्ने र यस्ता घटना दोहोरिदै गए कोरियन सरकारको नेपाललाई हेर्ने दृष्टिकोण प्रती पनि चिन्ता ब्यक्त गर्नु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...