म्याग्दी भ्रमण वर्ष २०७५ लाई मध्यनजर गर्दै म्याग्दीको दग्नामेलीले ल्याए ‘हाम्रो दग्नाम गाँउ बोलको गित (भिडियो र तस्बिर सहित)


काठमाडौः  म्याग्दीको धौलागिरी हिमालको काखमा रहेको दग्नाम गाउँ जुन प्राकृतिक रुपले निकै शुन्दर अनि हराभरा छ । हिमालको छहारीमा लुकेको दग्नाम गाउँ प्राकृतिक रुपले  मात्र हैन शुन्दर मानब बस्ति , त्यहाँको संस्कृति , चालचलनले पनि शुन्दर बनाएको छ ।   अगाडी सधै मुसुक्क हासिरहेको अग्लो धौलागिरी हिमाल , त्यसको मुनितिर पहाड , पहाडको बिच शुन्दर बाक्लो मानिसको बस्ति आँहा कति शुन्दर ।

भर्खरै मात्र उक्त गाउँलाई चिनारी दिन मगर्स क्रियसन कम्पनीको प्रसतुतिमा  “म्याग्दी भ्रमण वर्ष २०७५” लाई मध्येनजर गर्दै  एउटा अत्यन्तै मिठो चिर परिचित धौलागिरिकै गायक गगन पुन र म्याग्देली चेली गीता पाईजाको मिठो स्वर अनि खिम गर्बुजा र नमुना गर्बुजाको शब्दमा म्युजिक भिडियो बजारमा ल्याएको छ । साथै उक्त म्युजिक भिडियोमा आँसु लामाको संगित रहेको छ भने क्यामरामा करन चैसिरले  साथ दिएका छन् । त्यसैगरी म्युजिक भिडियोलाइ पुष्कर बिबेक थापाले निर्देशन गरेका छन् ।

जसमा पूर्ण रुपमा धौलागिरि हिमाल अनि वरपर रहेका प्राकृतिक मनोरम दृश्य बिशेष दग्नाम गाउ, अनि गाउँ वरपरको शुन्दरतालाई देखाउन खोजिएको छ । साच्चै गीत हेर्दा कति खेर त्यहा पुगु जस्तो हुन्छ । गीतको सब्दमा नै दिएको छ “तल गैरी माझी र कान्छी गाउँ भन्दै” दग्नाम गाउँ शुन्दर चेलीहरु आफ्नो जातिय भेषमा सजिएर नाचेको देख्दा हामि पनि त्यो ठाउँ गएर सँगै नाचु जस्तो हुन्छ अझ लिसंखुको त्यो हिमाल बाट बगेर झरेको धाराको चिसो पानि खान पाउँदा एक छिन त स्वर्गकै आभाष दिलाउँछ ।

गुरासको सिजनमा त झन  गाउँनै पुरै रातै देख्दा त नेपाल पनि यस्तो छ र झैँ हुन्छ । त्यहि माथि हिमाल हासेको देख्दा त कुरै नगरम ।  बेला बेलामा प्रकृति सँगै सोरठी र झ्याउरे नाच्दा पाउँदा त्यहाँका मानिसहरु आफैलाई भाग्यमानि ठान्दछ ।

त्यहाँका चेलीहरुले हातमा थालि राखेर नाच्दा साच्चै अचम्मित पारिदिन्छ । मगर जातिको जनघनत्व रहेको यो गाउँमा अझै लाहुरे संस्कृति झल्केको देख्न सकिन्छ । लाहुरे घर फर्कदा गाउँमा सबै मिलेर अझै रोदी बसी रातभरी रमाईलो गर्ने चलन  छ ।

दग्नाममा बिशेष गरि बैसाखमा नांगी देबी र जेष्ठ महिनामा भूमे थानलाई पुज्ने गरिन्छ साथै यहि अवसरमा लिङ्गो जुधाउने पर्ब पनि धुमधामले मनाउने गरिन्छ । राजधानी बाट टाढाको दुरीमा रहे पनि दग्नाम आन्तरिक  र बाह्य पर्यटकको लागि उपयुक्त गन्तब्यका रुपमा लिन सकिन्छ ।

भौगोलिक हिसाबले दुर्गम रहेता पनि प्राकृतिक हिसाबले यो ठाउ संसार कै धनि रहेको छ । किनकि जो कोहि पनि एकपल्ट त्यहा पुगेपछी फर्किन मन लगाउँदैनन् । किनकि त्यहाका पाखा पर्बत देउराली  भञ्ज्याङ चौतारी झरना खोला अनि त्यहाका मानिसले गर्ने दैनिकले क्षणिक नै लोभ्याउँछ ।

 

हेरौं यो अति मीठो गीत “हाम्रो दगनाम गाउँ”:
https://www.youtube.com/embed/IFldLmMTnBo 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...