हास्यकलाकार तथा अभिनेता सुलेमान इकु कोरियामा

हास्यकलाकार तथा अभिनेता सुलेमान इकु कोरिया आइपुगेका छन् । भुकम्पमा परि अभिभावक गुमाएका अनाथ बालबालिकाको लागि स्नेह आश्रम भवन निर्माणको लागि सहयोग जुटाउन हाँस्यकलाकार इकुले निर्माण गरेको चलचित्र ‘फिर्के’को च्यारिटि सोको लागि उनी कोरिया आइपुगेका हुन् ।
यहि जुलाइ २९ तारिक सउल स्थित जोगेसा हलमा सुलेमानको चलचित्र फिर्केु प्रदर्शन गरिने भएको छ । यस अघि युरोपका विभिन्न देशहरुमा प्रदर्शन भइसकेको छ। कोरिया स्थित एनआरएनले पनि स्नेह आश्रम भवन निर्माणको लागि सहयोग गर्ने भएको छ । जुलाइ २२ तारिक आइतबारको दिन सउलमा एनआरएन र बिद्यार्थी सँगठनले सँयुक्तरुपमा आयोजना गर्न लागेको कार्यक्रममा अभिनेता सुलेमान शंकर इकुले हास्यवंग्यात्मक प्रस्तुति पनि पस्केर उपस्थित दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने भएका छन् ।