नेपाली कामदारहरुको कोटा वृद्धिका लागि नेपालले एचआरडी कोरियालाई पुनः आग्रह


 सोल,  नेपाली कामदारहरुको कोटा वृद्धिका लागि नेपालले एचआरडी कोरियालाई पुनः आग्रह गरेको छ । एचआरडी कोरियाले बार्षिक रुपमा गर्दै आएको समिक्षा छलफलका लागि यहाँ आएका बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनी र इपीएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले कोटा वृद्धिको अनुरोध गरेका हुन् ।
एचआरडी कोरियाका बैदेशिक कामदार ब्युरोका निर्देशक यु बोम युसंगको भेटमा अनलाइन भाषा परिक्षाका लागि प्रबिधिगत तयारी , कृषि कामदारहरुका समस्या , स्वास्थ्यमा खराबी देखिएर फर्कनुपरेका कामदारहरुको बारेमा साथै अवैधानिक नेपाली कामदारहरुको बिषयमा पनि वार्ता भएको बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनीले जानकारी गराए ।
नेपाली पक्षले नेपाली युवाहरुको कोरिया प्रति आकर्षण रहेकोले कोटा वृद्धिको आग्रह गरेको थियो । जवाफमा कोरिया पक्षले कामदारको संग्ख्या वृद्धिका लागि सकरात्मक रहेको प्रतिक्रिया दिएको थियो । नेपाली कामदारहरुको समस्या तथा गुनासोहरु एचआरडी बैदेशिक कामदार ब्युरोका निर्देशक यु बोम युसंग राखिएको इपीएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले बताए । नेपाली पक्षले कृषि क्षेत्रमा कार्यरत कामदारहरु बढी समस्या रहेको जानकारी गराएको थियो ।
कार्यअवधि अनुसार तलब नपाएको , बासस्थानमा असुबिधा रहेको तथा बिदाको व्यवस्था नभएको बिषय उठाइएको थियो । कोरियाली पक्षले कृषि क्षेत्रमा कामदारहरुका समस्याका बिषयमा जानकार रहेको बताएको थियो । साथै कृषि क्षेत्रलाई छुट्टै टोली बनाई समस्या निराकरण गरिने बिश्वास दिलाएको थियो । आगामी बर्षदेखि सुरुवात गरिने अनलाइन भाषा परिक्षाका लागि हालसम्मको प्रबिधिगत तयारीका बिषयमा जानकारी गराइएको बास्तोलाले बताए ।
भाषा परिक्षाको लागि तयारी गरिएको प्रबिधि अवलोकन तथा नेपाल र कोरिया बीच प्रणाली संयोजन गर्न दक्ष प्राबिधिक नेपालको लागि खटाउन पनि आग्रह गरिएको थियो । उक्त कार्यका लागि छिट्टै एक प्राबिधिक टोली नेपाल पठाउने निर्देशक यु बोम यु जानकारी गराएका थिए । नेपालमा स्वास्थ्यमा खराबी नदेखिएको तर कोरियाबाट क्षयरोगको शंकामा केहि कामदार स्वदेश फिर्ता हुनुपरेको नेपाली पक्षले उठाएको अर्को बिषय थियो । क्षयरोगको आशंकामा फिर्ता भएका युवाहरुमा स्वास्थ्य समस्या नरहेको स्पष्ट पारिएको थियो । कोरियाली पक्षले रोगको बिषय चिकित्सकको क्षेत्र भित्र रहेकोले दुवै पक्षका चिकित्सक बीच एक अन्तरक्रिया गरिने जानकारी गराएको थियो ।
दुइ पक्ष बीच अवैधानिक नेपाली कामदारका बिषयमा पनि छलफल भएको थियो । अवैधानिक कामदार स्वेच्छिक रुपमा घर फिर्ता हुनेहरुलाई कम्पनीहरु मार्फत सिपमुलक तालिमको कक्षा संचालन गरिएको एचआरडी कोरियाली पक्षले जानकारी गराएको थियो । कोरियाले अवैधानिक कामदारको संख्या घटाउन खुसिसाथ घर फिर्ती अभियान पनि संचालन गरेको छ । अवैधानिक कामदार घटाउनको लागि इपीएस कार्यलयले गरेका कार्यहरु पनि जानकारी गराईएको थियो । अवैधानिक कामदार घटाउन कामदारको घरमा पत्र पठाईएको,फर्कनेहरुको लागि प्रोत्साहित गर्ने गरिएको , सफ्ट लोंनको व्यवस्था गर्ने तथा फर्केर कुनै पनि क्षेत्रमा उदारणीय कार्य गर्नेलाई राष्ट्रिय सम्मान गरिने निर्णयको कार्यन्वयन अन्तिम चरणमा पुगेको जानकारी गराएको इपिएस कार्यालयका निर्देशक बास्तोलाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...