मैले यसरी पाए इ सेभेन ( E- 7) भिषा


 

इपिएस मार्फत काम गर्न दक्षिण कोरिया आएको ४ वर्ष २ महिना भयो सन्देश कुमार गुभाजु । इपिएसको प्रावधान अनुसार अब ८ महिनापछि उनी नेपाल फकर्नु पर्ने हो । तर दक्ष कामदारको रुपमा आफूले चाहेअनुसार कोरियामा परिवार सहित बस्न पाउने  इ सेभेन( E- 7) भिषा प्राप्त गरेकाले उनी निकै शुखी छन् ।

इपिएसबाट कोरिया आई इ सेभेन ( E- 7)  भिषा परिवर्तन गर्ने थोरै भाग्यामानी कामदारहरु मध्ये एक हुन सन्देश । इ सेभेन ( E- 7)  भिष पाउन कसरी सफल भए त सन्देश । उनकै भनाइमा ।

मैले आन्सान स्थित मोटर पार्टस, वोल्डीइ० र आल्मुनिय लगायत फलाम सम्बनधी कम्पनीमा काम गरेको ३ वर्ष १० महिना भयो । एउटै कम्पनीमा लगातार ३ वर्ष काम गरेपछि इ सेभेन भिषाको लागि योग्य हुने भएकाले मैले नजिकैको हानगुग खिसुल देहाक्योमा गएर फर्म भेरे । हुन त इ सेभेनको भिषाको लागि अनलाइनमा र कुनै माइग्रेन्ट सेन्टरमा पनि गएर फर्म भर्न सकिन्छ ।

हुन त जनवरीमै मैले फर्म भरेको थिए तर नमिलेकोले परिक्षा दिइन पाइन । वर्षमा ६ पटक अथवा दुई महिनामा एक पटक फर्म भर्न पाउने भएकाले मार्चमा मैले फेरी फर्म भरे । १ महिना पछी एप्रिलमा परिक्षाको नतिजा आयो । मैले कोरियन भाषाको दोस्रो लेभल पास गरे । नजिकैको माइग्रेन्ट सेन्टरमा कोरियन भाषा पढन भर्ना भएको थिए । तर मेरो डियटी डे र नाइट परेकाले राम्रो संग पढन सकिन । त्यसैले २ वटा कक्षामा मात्रै बस्न सके ।  पुरानो प्रश्नका मोडलहरु हेर्दे  घरमै १ घण्टा पढ्ने गर्थे ।

मैले फलाम सम्बन्धी कम्पनी (फुरी सान)मा काम गर्ने भएकाले दोस्रो लेभल पास गरे पनि पुग्ने भयो । तर प्लाष्टीक कम्पनीमा काम गर्नेहरुले भने आफ्नो पढाई सर्टिफीकेट पनि स्नातक तहको पेश गर्नु पर्ने र कोरियन भाषाको परिक्षा पनि तेस्रो लेभल पास गर्नु पर्ने हुन्छ ।
इ सेभेन भिषा प्राप्त गर्नको लागि एक महत्वपूण भाग तलब कर सहित वार्षिक ३ करोड १० वन हुनुपर्छ । मेरो एकाउण्ट पुरै चेक गरेपछि म यसमा पनि पास भए । यदी झूटो कागज पाएमा कम्पनी पनि बन्द र कामदारलाई पनि उनकै देश पठाउने प्रावधान रहेछ । यस्तो जोखिम काममा कम्पनीको सहयोग महत्वपूर्ण हन्छ । यसले पनि कम्पनी र कामदारवीचको सम्बन्धलाई प्रष्टाउट ।

हाम्रो कम्पनीबाट अहिलेसम्म काम गर्दा गर्दै इ सेभेन ( E- 7)  भिषा पाउने पहिलो म नै परे । सय भन्दा बढी कामदार काम गर्ने कम्पनीमा दुई जनालाई यो भिषा दिलाउन सक्ने रहेछ ।कम्पनीको राम्रो सहयोग नपाए यो भिषा लिन सकिदैन । यसमा कम्पनीको पनि ठूलो हात हुन्छ । कामदारले परिक्षा जति नै राम्रो नम्बरमा पास गरेपनि कम्पनीले नचाहे यो भिषा पाउन सकिदैन ।

मेरो कम्पनीले मलाई कम्पनीसंग राम्रो सम्बन्ध भएको इमान्दार कामदारको रुपमा पत्र पठाएपछि बल्ल मैले इ सेभेन ( E- 7)  भिषा प्राप्त गर्न सफल भएको छु । यो भिषा पाएपछि नोदोइ०बुसंग कुनै सम्बन्ध नहुने सिधै कम्पनीसंग मात्रै सिमित हुने रहेछ । यदी मैले अर्को ठाउँ काम गर्न मन लागे छाडेर ६ महिना भित्र काम खोजेर गर्न पाउने छु ।

उनकै भनाइलाई मन्जु गुरुइ०को लेखन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...