उत्तर कोरियाद्धारा ३ वटा ब्यालेस्टिक मिसाईल परीक्षण,दक्षिणद्धारा निन्दा


सोल– उत्तर कोरियाले ३ वटा ब्यालेस्टिक मिसाईल परिक्षण गरेको छ ।मङ्गलबार बिहानै तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको जनाईएको छ ।ती मध्ये दुई वटा क्षेप्यास्त्र कम्तीमा पनि ५०० देखि ६०० किलोमीटरसम्म मारहान्ने शक्तिका रहेका थिए । बिहान ५: ४५ र ६:४० बजे ती क्षेप्यास्त्र उत्तर कोरियाको रक्षा मन्त्रालयका विज्ञहरुले हानेका जनाइएको छ ।

त्यस्तै अर्को एउटा क्षेप्यास्त्रका बारेमा भने केही पनि बताइएको छैन । त्यस विषयमा अनुसन्धान जारी रहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले सोमबार मात्र सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको जानकारी दिएका थिए ।

दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता जियोन जुङ हीले उत्तरले अर्का क्षेप्यास्त्र परीक्षण गर्न लागेको थाहा भएको जानकारी दिए ।

उक्त परीक्षणपछि दक्षिण कोरियाले मङ्गलबार गरेको पत्रकार सम्मेलनका क्रममा रक्षा मन्त्रालयका एकजना अधिकारीले सो घटनाको विरोध र निन्दा पनि गरे । उनले उत्तर कोरियाले जारी राखेका यी क्षेप्यास्त्र परीक्षणका अभियानहरु अरु केही नभएर दक्षिण कोरियाको राष्ट्रिय सुरक्षालाई धम्की दिनका लागि गरिएको बताए ।
गत शुक्रबार मात्र दक्षिण कोरियाले मिसाइल प्रतिरक्षात्मक प्रणाली Terminal High Altitude Area Defense (THAAD) सउलबाट २ सय ९६ किलोमिटर दक्षिण तर्फ साइ०जु गुनमा मिसाइल प्रतिरक्षात्मक प्रणालीको व्यट्री हिजो जडान गरेको छ ।
दक्षिण कोरिया र अमेरिकी सरकारले गत हप्ता मिसाइल प्रतिरक्षात्मक प्रणाली कोरियामा जडान गर्ने निणर्य गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...