बजेट पास गर्ने/नगर्ने बारे कांग्रेस र माओवादी संकटमा


नयाँ गठबन्धनको तयारीमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र वर्तमान सरकारले प्रस्तुत गरेको बजेटका पक्षमा मतदान गर्ने कि नगर्ने भनेर धर्मसंकटमा परेका छन्।
सरकारले आज संसदबाट बजेट अनुमोदन गर्ने भनेको थियो। तर नयाँ गठबन्धनको तयारीमा रहेका कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन्।
यदि बहुमतले अहिले बजेट पास भए प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत रहेको भन्ने अर्थ लाग्ने र बजेट पास नगर्दा खराब संसदीय राजनीति गरेको आरोप लाग्ने तर्कहरू आएका छन्। केहीले अहिले बजेट पास गर्दैमा त्यसले अविश्वासको प्रस्तावमा कुनै असर नपर्ने तर्क गरेका छन् भने सरकारले एक चौथाई बजेट खर्च गर्न र कार उठाउन कानुनी प्रक्रिया पुरा भइसकेका कारण अहिले बजेट पास नगर्दा केही फरक नपर्ने अर्का थरिको तर्क छ।
कांग्रेस एमाओवादीका नेताहरू संसदमा दिउँसो धेरैबेरसम्म बजेटसम्बन्धी विधेयकहरु पास गर्ने कि नगर्ने भन्ने विषयमा अलमलिइरहे। अन्ततः सभामुखसँग परामर्स गरेर भोलिसम्मका लागि संसद बैठक स्थगित गर्न लगाए। एमालेले आजै भोट हुनुपर्ने भन्दै अडान लिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...