हङकङमा राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ बर्षको शुभकामना आदानप्रदान


हङकङ, नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसको जननेता वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै नेपाली जनसम्पर्क समिति हङकङको आयोजनामा हङकङ स्थित नेपाली महाबाणिज्यदूत श्री कमलप्रसाद भट्टराईज्यूको प्रमुख आथित्यमा राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न भएको छ । नेपाली काँग्रेसको बैदेशिक सम्पर्क संस्थाकोरुपमा हङकङमा स्थापना गरिएको नेजस हङकङले उक्त अवसरमा हङकङमा रहेका नेपालका राजनैतिक दलहरूका सम्पर्क संस्था नेकपा (माओवादी केन्द्र) हङकङ, प्रवासी नेपाली एकता समाज हङकङ (राप्रपा), समाबेसी नेपाली समाज हङकङ (संघीय समाजवादी फोरम), प्रवासी नेपाली मञ्च हङकङ (एमाले), नेपाल आदिवासी जनजाती महासंघ, एचकेएनएफ, हिन्स, नेपाल चेम्बर अफ कमर्श हङकङ, एनआरएन हङकङ लगायत अन्य सामाजिक जातिय तथा क्षेत्रीय संघसंस्थाहरूलाई आमन्त्रित गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति महाबाणिज्यदूत श्री भट्टराईले मेललिमाप अपरिहार्य रहेको भन्दै यस सद्धभाव समाजको हरेक तह तप्कामा हुनु जरूरी छ भन्नुभयो । उहाँले नेपालको संविधानको धारा २९१ मा प्रवासी नेपालीहरूको अधिकारलाई कुण्ठित गरेको भन्दै हङकङमा रहेका राजनैतिक दलका सम्पर्क संस्थाहरूले ऐक्यबद्धता गर्दै नेपाल सरकारलाई प्रेषित गरेको पत्र पनि मेलमिलापको राम्रो उदारहण भएको भन्दै उक्त पत्र १० मिनेटको अन्तरालमा नेपाल सरकारको सम्बन्धित स्थानमा पठाईसकेको जानकारी गराउनु भयो । यस कार्यक्रममा आमन्त्रित अथितिहरूको तर्फबाट नेकपा (माओवादी केन्द्र) हङकङ अध्यक्ष श्री रबिन लिङ्देनले स्व. बिपी कोईरालाले ल्याउनु भएको यो मेलमिलापको निति हालको अवश्थामा अझै महत्वपूर्ण रहेको र आफू पनि यस नितिबाट प्रभावित रहेको भन्दै नेकपा माओवादीले पनि राष्ट्रिय हितको लागि यहि नितिमा रहेको मात्र सिद्धान्तको केहि फरक रहेको बताउनु भयो । प्रवासी नेपाली एकता समाज हङकङ (राप्रपा) का संयोजक श्री ईश्वर बिक्रम शाहले नेजस हङकङको यस कार्यक्रम स्वागतयोग्य रहेको भन्दै कार्यक्रम सफलता र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आफ्नो पार्टीको तर्फबाट शुभ कामना व्यक्त गर्नु भयो । यस्तै नेपाल चेम्बर अफ कमर्श हङखङका अध्यक्ष श्री डासुराम पराजुली, एनआरएन हङकङका अध्यक्ष श्री ललित लिम्बुले पनि कार्यक्रम सफलताको कामना गर्द भर्खरै गठित नेजस हङकङको नवौं कार्यसमितिको कार्य सफलताको लागि शुभ-कामना व्यक्त गर्नुभयो ।
नेजस हङकङका महामन्त्री गोबिन रानाद्वारा सञ्चालित कार्यक्रममा उपसभापति मिनबहादुर गुरूङले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका नेपाल स्थित नेपाली काँग्रेसको महासमितिका लागि चुनिएका महासमिति सदस्य-त्रय बसन्त श्रीनेत, राम गुरुङ र काजीकुमार गुरुङले मेलमिलापको उपादेयताबारे प्रस्टाउँदै आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।
दिवा भोज सहित सम्पन्न कार्यक्रमको समापन गर्दै नेजस हङकङका सभापति श्री जगत शाहले हङकङमा व्याप्त जातीय, क्षेत्रीय धारणाहरूको बाबजूद पनि आफू सदृरपश्चिमको व्यक्ति नेजस हङकङको सभापतिमा चुनिनु नै हामी भित्रको मेलमिलापको ज्वलन्त उदारहण रहेको बताउँदै भविष्यमा यहि मेलमिलापलाई अझै गहन र दरिलो बनाउँदै प्रजातान्त्रिक मूल्यमान्यतालाई अझै प्रगाढ बनाउने आफ्नो कोशिस रहने बताउनु भयो ।
कार्यक्रमको अन्तमा नवौं अधिवेशनबाट बिदा पाएका निवर्तमान कार्य समितिलाई संस्थालाई आजको दिनसम्म ल्याई पुराउन गरेको अथक मेहनत र योगदान स्वरूप खादा ओढाएर कदर पत्र प्रदान गरिएको थियो भने नवौं अधिवेशनका निर्वाचन मण्डल संयोजक दुर्गा गुरुङले छुट्टिएका पदाधिकारी तथा नयाँ सदस्यहरूलाई तथा गोपनियताको सपथ दिलाएका थिए । यस अवसरमा पुरानो कार्य समितिले नयाँ कार्य समितिलाई संस्थाको कागजपत्र हस्तान्तरण पनि गरेको थियो । स्मरण रहोस नेजस हङकङको नवौं अधिवेशन गत डिसेम्बरको २५ तारिख नेपाल काँग्रेशका केन्द्रिय सदस्य तथा भूपू मन्त्री श्री गोपालमान श्रेष्ठज्यूको प्रमुख आथित्यमा ईण्डिया क्लबमा सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...